बिदुरः चर्चित कलाकार चिरन्जिवीप्रसाद पुडासैनी (सिपी) धतुरेबा र कलाकार रश्मि पाण्डे माकुरीको नयां तीज गीत सार्वजनिक भएको छ । धतुरेबा र माकुरीको आवाज र अभिनय रहेको तीजको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । विक्रम गौतमको शव्द र संगीतमा “हुस्की फेरिन्छ” बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो ।


नेपाली कमेडिएन मेलोडी तथा धतुरेबा र माकुरी व्राण्डको उक्त म्युजिक भिडियोमा युगल गायनका साथै धतुरेबा र माकुरीले जोडदार अभिनय गरेका छन् । उनीहरुलाई प्रसिद्ध कलाकार तथा निर्देशक देशभक्त खनालले साथ दिएका छन् । नेपालीहरुको मुख्य पर्व तिजलाई लक्ष्यित गर्दै सार्वजनिक गरेको उक्त म्युजिक भिडियो कपनका विभिन्न मनमोहक स्थलमा छायांकन गरिएको हो ।

यस म्युजिक भिडियोमा तीजका पछिल्लो अवस्था तथा परिस्थितीलाई व्यङ्ग्यात्मक रुपमा प्रस्तुत गरिएको छ । धतुरेबा, माकुरी, देशभक्त खनाल र राधा पाण्डेको यस गीतको म्युजिक भिडियोमा अभिनय रहेको छ । सुनील भण्डारीको छायांकन रहेको यस गीतको म्युजिक भिडियोको सम्पादन सिलन लम्सालले गरेका हुन ।

यसको नृत्य निर्देशक सुरेन्द्र वस्याल र भिडियो निर्देशक बबिता श्रेष्ठ रहेका छन् । यस म्युजिक भिडियोको उत्पादक रश्मि पाण्डे माकुरी हुन् । यस भिडियो माकुरी इन्टरटेन्मेन्टको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

यस गीतको म्युजिक एरेन्ज विनय कार्कीक्षेत्री रहेको छ । चर्चित कलाकार चिरन्जिवीप्रसाद पुडासैनी (सिपी) धतुरेबाको यो तेश्रो गायन हो ।











