बिदुरः ल्हेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले प्रभावित पारेको नुवाकोटको विभिन्न स्थानमा कायम गरिएको अस्थायी आश्रयस्थलमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पदाधिकारीसहितको टोली पुगेका छन् । उनीहरुले बाढी पीडितहरुको पुर्नसथगापना तथा आगामी कार्यक्रमका सम्वन्धमा नयां योजनाका लागि विभिन्न निकायसंग छलफलसमेत गरेका छन् । बिदुर नगरपालिका ५ स्थित विभिनन स्थानमा कायम गरिएको अस्थायी आवास स्थलमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती, नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारी सहितको टोलीले नुवाकोटका बाढी प्रभावित क्षेत्रको पीडितहरु राखिएको अस्थायी आश्रय स्थलहरुको अनुगमन गरेको हो ।


अनुगमन टोलीमा रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी) का नेपाल प्रमुख डेभिड फिसर तथा नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाका स्वयंसेवकहरूको समेत सहभागिता रहेको थियो । उक्त टोलीले विदुर नपा बाढीबाट प्रभावित कोदोबारी क्षेत्र तथा ठुलोगाउँमा रहेको अस्थायी आश्रयस्थलको स्थलगत निरीक्षण गरेको हो । अनुगमनका क्रममा टोलीले बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्था, प्रभावित नागरिकका आवश्यकता तथा आश्रयस्थलको व्यवस्थापनबारे जानकारी लिएको थियो ।

प्रभावित समुदायलाई आवश्यक सहयोग उपलब्ध गराउने र आगामी दिनमा गर्नुपर्ने कामका विषयमा सरोकारवालाहरूसँग छलफल गरिएको छ । बाढी प्रभावित क्षेत्रको अवस्थाबारे प्रत्यक्ष जानकारी लिने तथा प्रभावित नागरिकका आवश्यकता पहिचान गर्ने उद्देश्यले गरिएको अनुगमनले आगामी राहत, सहयोग र व्यवस्थापनका कार्यलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीको भनाई छ ।
उनका अनुसार अनुगमनका क्रममा टोलीले बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्था, प्रभावित नागरिकका आवश्यकता तथा होल्डिङ सेन्टरको व्यवस्थापनबारे जानकारी लिइएको हो ।

साथै, बिदुर नपा कार्यालयमा आगामी दिनमा गर्नुपर्ने राहत, पुनस्र्थापना तथा अन्य आवश्यक कार्यका विषयमा सरोकारवालाहरूसँग छलफलसमेत गरिएको छ । दुई महिना अगाडि त्रिशूली बाढीले क्षति पु¥याएका संरचनाहरूको राहत, उद्धार, पुनर्निर्माण र पुनस्र्थापनाको विषयमा स्थलगत अनुगमन र निरीक्षणको लागि आउनुभएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. उप्रेतीको प्रमुख आतिथ्यता र विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठको अध्यक्षतामा विशेष अन्र्तक्रियासहितको वैठक सम्पन्न भएको छ ।

बाढी प्रभावित नागरिकको राहत, पुनस्र्थापना र पुनर्निर्माणका लागि समन्वय तथा सहकार्य आवश्यक रहेको मेयर राजन श्रेष्ठले वताए । बाढीबाट क्षतिग्रस्त संरचनाको अवस्था, प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनस्र्थापनालाई प्रभावकारी र छिटोछरितो बनाउने विषयमा छलफल गरिएको छ ।
















