बिदुरः मधेशनगरी बाराको सिमरास्थित पांच तारे होटेल व्यवस्थापनका लागि सम्झौता भएको छ । लेमन ट्रिको मुख्यालयमा उक्त होटलका अधिकारी पुगेर सम्झौता गरेका हुन् । सिमराको होटेल इक्षा लिमिटेड र चर्चित अन्र्तराष्ट्रीय ब्रान्ड लेमन ट्रिका वीचमा होटेलको व्यवस्थापन लिने दिने सम्बन्धमा विहीवार सम्झौता भएको हो ।


छिमेकी राष्ट्र भारतको नया दिल्लिस्थित लेमन ट्रिको मुख्यालयमा आयोजित एक कार्यक्रममा सम्झौतापत्रमा होटेल इक्षा लिमिटेडका तर्फबाट प्रबन्ध सन्चालक मुनसन वाग्ले तथा लेमन ट्रिका तर्फबाट प्रबन्ध निर्देशक निलेन्द्र सिंहले हस्ताक्षर गरेका हुन् । जीतपुर सिमरा उपमहानगरपालिकामा हरेको उक्त होटेल १० वर्षका लागि सम्झौता गरिएको जनाइएको छ । सम्झौता भएपछि अब होटेल इक्षा लिमिटेड, लेमन ट्रि होटेलका रुपमा चिनिने छ ।

होटेलको व्यवस्थापन लेमन ट्रिले लिएपछि यसले प्रदान गर्ने सेवा, सुबिधा र ब्यापार अन्र्तराष्ट्रिय मापदण्ड अनुसार हुने र सेवाग्राहीको निरन्तर बिश्वास जित्ने अपेक्षा गरिएको होटेल पक्षले जनाएको छ । सम्झौतापत्र आदानप्रदान कार्यक्रममा होटेल इक्षा लिमिटेड सन्चालक समितिका सदस्य गोकर्ण खतिवडा तथा प्रमुख कार्यकारी अधिकृत रेवन्तप्रसाद धौवडेलकोसमेत सहभागिता रहेको थियो ।





