बिदुरः नुवाकोटको पुर्वी भेगमा रहेको गौमतीघाटको संरचना निर्माणका लागि आर्थिक सहयोग प्राप्त भएको छ । यसवाट पर्यटकिय धार्मिक स्थलको विकासमा मद्धत पुगेको छ ।


पञ्चकन्या –३ गौमतीघाट तथा त्यस स्थानको बिकास र पुर्ननिर्माण गर्नको लागि पुर्व जनप्रतिनिधिलगायतले व्यक्तिगत रुपमा आर्थिक सहयोग गरेका हुन् । वागमति प्रदेशका पुर्वमन्त्रि तथा नेकपा (एमाले) नुवाकोटका बद्री मैनालीले नगद ५५ हजार पांचसय ५५ र एमाले नुवाकोट १ का. क्षेत्रिय कमिटी अध्यक्ष सुशीलकुमार खडकाले नगद . ५५ हजार एकसय २५ रुपैया र एमाले पन्चकन्या गाउपालिका कमिटीका अध्यक्ष रामनाथ खनालले नगद पांचहजार रुपैया प्रदान गरेका हुन् ।

तीनै जनाले ब्यक्तिगत रुपमा उक्त रकम उक्त स्थानको बिकासको लागि प्रदान गरेका हुन् । पन्चकन्या गापा नुवाकोटको धार्मिक, सांस्कृतिक, पर्यटकिय स्थल हो ।





