बिदुरः लेन्देखोलावाट रसुवागढीमा हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले त्रिदेशिय मार्गको वेत्रावतिमा दुई वटा पक्कि पुल वगाएपछि आवतजावत ठप्प रहेको छ । यातायात सन्चालनको पुर्वाधार खडा गरि राहत, उद्धार तथा पुर्नस्थापनाको कार्य सहजताका लागि वेत्रावतिमा शुक्रवारदेखि बेलिव्रिजको निर्माण कार्य सुरु भएको छ । सरकारले उक्त स्थानमा रहेको फलाखु खोलामा बेलिव्रिजको निर्माण कार्यका लागि आवस्य संरचना तयार गर्न निदेृशन दिएसंगै बेलिव्रिजको लागि फाउण्डेसनको निर्माण कार्य सुरु भएको हो ।

सडक डिभिजन नुवाकोटले फाउण्डेसनको निर्माण कार्य सुरु गरेको हो । बढीमा आगामी तीन सातामा फलाखु खोलामा बेलिव्रिजको निर्माण कार्य सकिने स्थानीय युवा दिलकृष्ण श्रेष्ठले जानकारी दिए । पहिले सडक डिभिजन नुवाकोटले फाउण्डेसनको निर्माण कार्य सक्ने र सेनाको प्राविधिक टोलीले ७० मिटर लम्वाइको बेलिव्रिजको निर्माण कार्य गर्ने जानकारी दिएको श्रेष्ठले वताए । बाढी गएको तनि साता वितिसक्दा पनि नुवाकोट र रसुवाको वेत्रावतिमा संरचना नहुंदा आवतजावत ठप्प रहेको छ ।

प्रलयकारी बाढीबाट सडक तथा नदी तटीय क्षेत्रमा ठूलो क्षति भएपछि विदुर नगरपालिकाले प्रभावित क्षेत्रलाई सडक सञ्जालमा जोड्न बेलीब्रिज निर्माण गर्ने भएको छ ।
विदुर नपाका मेयर राजन श्रेष्ठले विदुर नपा ४ सिमचौर र बिदुर १२–गौरीबेँसी सडक जोड्न बेलीब्रिज निर्माणको तयारी गरिएको जानकारी दिए । उनले नेपाली सेनाको जंगी अड्डा, भद्रकालीलाई पत्र पठाउँदै बेलीब्रिज निर्माणका लागि समन्वय तथा सहजीकरण गरिदिन आग्रह गरेका हुन् ।
विदुर नपा बाढी प्रभावित क्षेत्रलाई जोड्ने सडक सञ्जाल प्रभावित भएपछि आवतजावत सहज बनाउन पुल निर्माण गर्न लागिएको पत्रमा उल्लेख छ । बिदुर नपाका अनुसार गत भदौ १० गते भोटेकोशी नदी हुँदै त्रिशूलीमा आएको बाढीका कारण त्रिशूली नदी तटीय क्षेत्र, पुल तथा सडक पूर्वाधारमा पूर्णरूपमा ठुलो क्षति पुगेको छ ।बाढीका कारण प्रभावित नागरिकलाई आवतजावत तथा राहत–उद्धारमा सहजता पु¥याउन स्थानीय विपद् व्यवस्थापन समितिको निर्णयअनुसार बिदुर नपाबाट बेलीब्रिज निर्माण गर्न लागिएको मेयर श्रेष्ठले जनाएका छन् ।

बिदुर नपाले सम्बन्धित स्थानमा बेलीब्रिज निर्माणका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिन नेपाली सेनासमक्ष अनुरोध गरेको हो । विदुर नपा आफैंले पनि त्रिशूली बाढीबाट भएको क्षतिको विस्तृत अध्ययन गरी पुनःस्थापना तथा पुनर्निर्माणको योजना अघि बढाइरहेको छ । यसका साथै बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नपा, किस्पाङ र तारकेश्वर गापामा मानवयि तथा भौतिक क्षति गरेको छ ।





