बिदुरः लेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले नुवाकोटको त्रिशूली नदीमा रहेका विभिन्न पुलहरु वगाएपछि पहिलो चरणमा झोलुङ्गे पुल पुनर्निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयारी भएको छ । पसल वगाउदा नुवाकोटको पश्चिमी भेगमा तीन सातादेखि आवतजावतमा समस्या हुदै आएको छ । बाढीले त्रिशूली नदीमा जडित पक्कि तथा झोलुङ्गे पुल वगाएपछि तीन सातादेखि आवागमन ठप्प रहेको छ ।

त्रिशूली नदीमा सरकारले ३३ वटा झोलुङ्गे पुल पुनर्निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने कार्य अन्तिम तयारीमा रहेको जनाएको छ । भौतिक पुर्वाधार मन्त्रादयले बाढीले क्षतिग्रस्त नुवाकोटको बेलकोटगढी ६ स्थित पिमलटार–जागाराम झोलुङ्गे पुलको पुनःनिर्माण तथा मर्मतको कार्य सम्पन्न भएको जनाएको छ । वार राखेपछि उक्त पुलवाट आवतजावत सन्चालन भएको छ । पूर्वाधार विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास विभाग अन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन, ललितपुरबाट बटारिएको लठ्ठा मिलाउने, स्टिल टेक र विम जडानलगायतको काम भइरहेको छ ।

जाली राखेसँगै २ दिनभित्र आवतजावत पुर्ण रुपमा खुल्ला गरिने जिल्ला प्रशासन कार्यालय नुवाकोटको भनाई छ । बाढीबाट क्षतिग्रस्त १३ वटा झोलुङ्गे पुलको मर्मत कार्य सम्पन्न हुने चरणमा पुगेको छ । बेलकोटगढी नपा ५, नुवाकोट र गल्छी १, फोस्रेटार धादिङ झोलुङ्गे पुल, बेलकोटगढी ८ जिलिङ झोलुङ्गे पुल, बेलकोटगढी ५, नुवाकोट, गल्छी १, धादिङस्थित केउरेनी–गहते झोलुङ्गे पुल, बेलकोटगढी ७ र तारकेश्वर २ जोड्ने पिमलटार–जागाराम झोलुङ्गे पुल मर्मतको अन्तिम चरणमा पुगेको छ ।
यस्तै सिद्धलेक–६ र गजुरी १, धादिङ कालिकास्थान झोलुङ्गे पुल, सिद्धलेक ३ र बेनीघाट रोराङ ३ मालिङ्गा–मझुवाटार दोभान झोलुङ्गे पुल, गल्छी १ र गल्छी ६ महेशदोभान मास्टर झोलुङ्गे पुल, गल्छी २ र ४ चिरौंदी खोला झोलुङ्गे पुल, गल्छी २ र ४ शितलबजार–केउरेनीटार झोलुङ्गे पुल, र गल्छी २ र ४ स्थित बेल्खु–भुतिया झोलुङ्गे पुल मर्मतको अन्तिम चरणमा पुगेको भौतिक योजना मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गण्डकी ८ गोरखा र बेनीघाट रोराङ गापा ५ स्थित धादिङ बादरे झोलुङ्गे पुल, गल्छी २ र ४ स्थित महादेवस्थान झोलुङ्गे पुल, गण्डकी–७ गोरखा र बेनीघाट रोराङ गापा ७ धादिङ धवादीघाट झोलुङ्गे पुल मर्मत भइरहेका छन् ।










