बिदुरः लेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले नुवाकोटमा घरवार विहीन वनाएकाहरुलाई पुर्नस्थापनाका लागि जग्गा छनौट कार्य भइरहेको छ । बिदुर नगरपालिकाले आफ्नो क्षेत्रभिको जग्गा पीडित नागरिकको अधिकारको विषय भएको ठहर गर्दै जग्गासमेत प्रस्तावित गरेको छ । त्रिशूली नदीमा आएको प्रलयकारीस् बाढीबाट प्रभावित बासिन्दाको पुर्नउत्थानको लागी विदुर नगरपालिका कार्यालयले बिदुर नपा २ स्थित कित्ता नं ६०३ अन्तरगत राममन्दिर क्षेत्र आसपासको जग्गा प्रस्ताव गरेको छ ।


सो आसपासमा पर्ने एक हजार भन्दाबढी रोपनी सार्वजनिक जग्गामा बस्ती निर्माणको लागी प्रस्ताव गरिएको बिदुर नपाका मेयर राजन श्रेष्ठले जानकारी दिए । मेयर श्रेष्ठले बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई उक्त जग्गाका सम्वन्धमा जानकारी गराएका छन् । उनले पूर्वमुख्यमन्त्री बहादुरसिंह लामातामाङ, आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेल, स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी सहित सरोकारवालाहरुलाई स्थलगत अवलोकनसहित बस्ती निर्माणको सम्भाव्यता, अवसर र चुनौतीको अबस्थाको जानकारी गराएका हुन् ।

उक्त स्थान कालान्तरमा बाढी पहिरो सहितका विपद्जन्य सम्भावित घटनाबाट सुरक्षित रहेकाले उपयुक्त रहेको मेयर श्रेष्ठले वताए । संघीय सरकारको पुर्ननिर्माण सम्बन्धिको निर्णय पश्चात कार्य अगाडी बढाउन सकिने मुख्यमन्त्री सहित मन्त्रीहरुबाट जानकारी प्राप्त भएको छ ।

पुर्ननिर्माणको लागी आवश्यक कार्यविधि बनेमा एक हजार घर निर्माण गर्न बागमती प्रदेस सरकारसंग बजेट बिनियोजन भएकाले तत्कालै काम अघि बढाउन सकिने आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेलले जानकारी दिए । बाढीले नुवाकोटको बिदुर र बेलकोटगढी नपा तथा किस्पाङ र तारकेश्वर गापा प्रभावित भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।





