बिदुरः नुवाकोट जिल्ला भलिबल संघको अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले नयाँ कार्यसमिति चयन गरेको छ । बिदुरमा सम्पन्न नुवाकोट भलिबल संघको छैटौं जिल्ला अधिबेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।


छैटौं जिल्ला अधिबेशनले बबिन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । उपाध्यक्षमा पाल्देन लामा ’मेघ’ र बिक्रम लामा, सचिवमा दीपकुमार श्रेष्ठ, कोषाध्यक्षमा राजकुमार शाही चयन भएका छन् । सदस्यहरूमा रुपा श्रेष्ठ, शैलेन्द्र शाह, कुन्जन नेपाली, उत्सव थापा, भेषबहादुर पाण्डे र सरोज डङ्गोल चयन भएका छन् भने प्रदेश प्रतिनिधिमा सुवास पाण्डे र बिक्रम थापा चयन भएका छन् ।








