बिदुरः तीन महिना अगाडिको प्रलयकारी बाढीबाट प्रभावित विद्यार्थीलाई नुवाकोटको बट्टारमा न्यानो सामग्री प्रदान गरिएको छ । यसवाट विद्यार्थीहरु खुसी भएका छन् । जाडो मौसममा न्यानो पु¥याउने उद्देश्यले बिदुर नगरपालिका ४ बट्टारमा बाढी प्रभावित विदार्थीहरुलाई स्वेटर प्रदान गरिएको हो ।


त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित अर्किड एकेडेमी बट्टारमा अध्ययनरत ६५ जना विद्यार्थीहरूलाई चिसो मौसममा न्यानो प्रदान गर्ने उद्देश्यले विदुर नपा ५ गंगटे घर भई हाल स्विजरल्याण्डमा वस्दै आएका युवा विक्रम खातीको सहयोगमा स्वेटर प्रदान गरिएको विद्यालयका प्रिन्सिपल रामहरि रिमालले जानकारी दिए ।

युवा विक्रम खातीको परिवारले अर्किड एकेडेमीका अध्ययनरत बाढी प्रभावित विद्यार्थीहरुलाई एकैपटक स्वेटर हस्तान्तरण गरेका हुन् । विद्यालयका प्रिन्सिपल रिमालले न्यानो सामग्री सहयोगप्रति आभार व्यक्त गर्दै विदेशमा रहेर पनि आफ्नो क्षेत्रका विद्यार्थीको अवस्थाप्रति चासो राखी सहयोग गर्नु प्रशंसनीय रहेको बताए ।

















