बिदुरः भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको प्रलयकारी बाढीले घर-बस्ती बगाएपछि नुवाकोटको वेत्रावतीवासी घरवारविहीन भएपछि आफैं सुरक्षित स्थानमा पुगेका छन् । उनीहरु वेत्रावति भन्दा उत्तरपुर्वमा रहेको स्वरडांडामा सरेका हुन् । वर्षात्को समयमा जीवजन्तु तथा चिन्ता वढेपछि हाल विदुर नगरपालिका–१० वेत्रवतिका ३४ घरपरिवार केहि माथिको स्वारडाँडामा आश्रय लिएर बसेको वडाध्यक्ष गणेशकुमार नेपालले वताए । बेत्रावतिका बाढी प्रभावितहरू आफैं स्वस्फुर्त रुपमा उक्र स्थानमा पुगेर टेण्ट गाडेर वसेको पीडितहरुले वताए ।


समुदाय आफैंले व्यवस्थापन गरेको अस्थायी आश्रयस्थल स्वरडांडामा अहिले वेत्रावति वाढी पीडित वसिरहेको बाढी पीडित अष्टमान डंगोलले वताए । माथिवाट खण्डहर भएको आफ्नो वस्ती हेर्दै डंगोलले भने समुदाय आफैं पनि सक्रिय र एकजुट हुनुपर्ने भन्ने सनदेश वेत्रावतिवासीले दिएका छन् । स्वारडांडामा बस्नेहरूमध्ये कतिपयले परिवारका सदस्य गुमाएका छन्, कतिपयले आफ्ना आफन्त गुमाएका छन्–डंगोलले दुःखि हुदै भने । कसैको घर छैन, कसैको सम्पत्ति छैन, जीवनभरको दुःख–मेहनतले जोडेको सबैथोक भदौ १० गते विहान १० वजे सकियो ।

वेत्रावतिवजार अहिले त्रिशूलीको अजंगको बगरमा विलीन भएको छ । तर, पनि उनीहरूले हार मानेका छैनन्, वेत्रावतिलाई आधुनिक, वलियो र गुणस्तरिय वनाउने उनीहरुले वताएका छन् । स्वरावनको बीचमा टहरा बनाएर बसेका वाढी पीडितहरू दिनहुँ माथिवाट आफ्नै उजाडिएको बस्ती नियाल्छन् । शरिरमा थकान, आँखामा आँसु, मनमा पीडा छ, सम्झना स्मृतिमा गुमाएका आफन्त र सम्पत्तिहरू छन् । यद्यपि, त्यही पीडाभित्र सानो आशा पनि बाकी नै छ हामी फेरि उठ्ने छौ ।

बाढीले उनीहरूको घर बगायो, सम्पत्ति बगायो, आफ्ना मान्छे बगायो । तर उनीहरूको हिम्मत अझै बगाउन सकेको छैन । वेत्रावतिका वाढी पीडितहरु सरोकारवाला निकायले कायम गरेको आश्रित केन्द्र नगई आफैंले खडा गरेको अस्थायी केन्द्रमा वसिरहेका छन् । सो अस्थायी स्थलमा विजुली वत्ति, पिउने पानी, शौचालय तत्काल आवस्यक रहेको छ ।

सरोकारवाला निकाय तथा दातृ निकाय स्वारडांडामा राहत लिएर पुगेका छन् । उनीहरुले वेत्रावति बाढी पीडितहरुको लागि स्थायी समाधानको लागि विभिन्न उपायहरुको खोजी गरिरहेका छन् । नुवाकोटको वेत्रावती, जहाँ भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको प्रलयकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति ग¥यो । धेरै मानिस अझै हराइरहेका छन् ।

क्षणभरमै सयौं घर, करोडौंको धनसम्पत्ति र दशकौंको मेहनत बगरमा परिणत भयो । वेत्रावती अहिले पीडामा छ । त्यहाँ पुग्न सहज पहुँच मार्ग छैन । वेत्रावती बजारलाई बाढीले उराठलाग्दो बगरमा परिणत गरेपछि सुरक्षित स्थानको अभाव र होल्डिङ सेन्टर सञ्चालन गर्न ठाँउ नभएपछि स्थानीय परिवार स्वारडाँडास्थित व्यक्तिको जग्गामा अस्थायी बसोबाँस गर्दै आएका हुन् ।

एकसय भन्दाबढी परिवार अन्यत्र जान बाध्य छन् । यसअघिको मुख्य सडकअन्तर्गत करिब एकदशमलव ५ किलोमिटर सडक क्षतिग्रस्त हुँदा आवतजावतमा ठूलो समस्या रहेको वडाध्यक्ष गणेशकुमार नेपालको भनाई छ । उनका अनुसार तत्काल सडक सञ्चालन आवश्यक छ ।





