बिदुरः वडावासीको सुविधाका लागि नुवाकोटको बिदुरमा अनुदानमा विद्युतीय चुल्हो वितरण गरिएको छ । यसवाट सर्वसाधारण लाभान्वित भएका छन् । विदुर नगरपालिका २ र ५ ले विद्युतीय चुल्हो उपलव्ध गराएको हो । बिदुर २ ले ६ सय र बिदुर ५ ले पांचसय वडावासीलाई अनुदानमा विद्युतीय चुल्हो उपलव्ध गराएको हो ।


वडावासीले एकहजार दुई सय ४० रुपैया उपलव्ध गराएपछि वांकी ७० प्रतिशत अनुदानमा उक्त चुल्हो उपलव्ध गराइएको बिदुर २ का वडाध्यक्ष दीपक कायस्थले जानकारी दिए । उनले वडा कार्यालयले वडाभित्र रहेका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण गरेको हो । वडाध्यक्ष कायस्थले ग्यांसलगायत अन्य उर्जाको तुलनामा विद्युतीय चुल्हो किफायती रहेकोसमेत वताए । उनले सरकारले विद्युतमा लगाएको कर हटाएर आम नेपाली जनतालाई विद्युतमा निर्भर वनाउनु पर्ने वताए ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्दको सहकार्यमा वडावासीलाई ७० प्रतिशत अनुदानमा विद्युतीय चुलो वितरण गरिएको हो । दाउरा र ग्यासको खपत घटाएर जलवायु परिवर्तनका असर न्यूनीकरण तथा वातावरण संरक्षणका लागि विद्युतीय चुल्हो वितरण गरिएको विदुर २ का वडासदस्य रन्जन्न्कुमार थापामगरले वताए । उनले विद्युतीय चुल्होको प्रयोगले उर्जाको अन्य शीर्षकमा घरायसी खर्च घट्नुका साथै आयातित इन्धनमा हुने निर्भरता कम गर्ने विश्वास व्यक्त गरे । स्थानीयवासीको आवश्यकता र मागलाई ध्यानमा राखेर बिद्युतीय चुल्हो वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।


















