बिदुरः धार्मिक तथा ऐतिहासिक केन्द्र नुवाकोटको वेत्रावति वजार बाढीले उजाड वनाइदिएको छ । वेत्रावति नुवाकोटको मात्रै नभई देश तथा विदेशकै धार्मिक तथा ऐतिहासिक केन्द्रको रुपमा परिचित थियो । नुवाकोटको बिदुर नगरपालिका १० मा रहेको बेत्रावति वजार यहि भदौ १० गते वुधवार आएको विनासकारी बाढीले १० मिनेटमै बेजोडले वढारिदिएको हो ।


कतिपय खाना खान लागेका वेला, कतिपय जनैपूर्णिमाको व्यापारव्यवसाय गरिरहेका र बालवालिकाहरु विद्यालय जानका लागि पोशाक लगायरहेकै बेला वेत्रावति वजारमा बाढ पसेर वितण्डा मच्चाएको हो । बाढीले सवै घर वगाएको छ, अन्यको त के लेखाजोखा हुनु–स्थानीय बाढी पीडित अष्टमान डंगोलले वताए । नेपाल–चीनवीच सन्धि भएको कारण चर्चामा आएको वेत्रावति वजार अहिले उजाड भएको उनले वताए ।

बाढीले उजाड वनाएर वेत्रावतिको पहिचान नै नामेट वनादिएको भागेर ज्यान वचाउन सफल भएका डंगोलले वताए । नुवाकोट र रसुवाको सिमाना वेत्रावतिमा जनैपुर्णिमा, हरिवोधनी एकादशी, उत्तरगया औशीमा ठुलो मेला लाग्ने गरेको थियो । उक्त स्थानमा सुनामीझैं आएको बाढीले बेत्रावतीबजार तहसनहस बनाएको बिदुर नपा १० का वडाध्यक्ष गणेशकुमार नेपालले वताए । अझै पनि उक्त स्थानमा खोजतलास गर्ने कार्य भयरहेको छ ।

कल्पना पनि गर्न नसकिने गरि आएको सुनामी बाढीमा बेत्रावतीबजारको आसपासका आगिटारदेखि सातबिसे –कैदलीटार –नौबिसेसम्म ठुलोमात्रामा धनजनको क्षति गरेको वडाध्यक्ष नेपालले वताए । बाढी पस्दा बेत्रावतीका मानिसहरु बाढीको भेलमा हराउन पुगेका छन । शतप्रतिशत घर र जग्गा जमिन वगरमा परिणत भएका छन् । बेत्रावतीका बासिन्दाहरुले गुमाउन पुगेका आफ्नो आफन्तजनहरुको स्मृतिमा काजकिरियासमेत सुरु गरको छन् ।

बिदुर नपा १० स्थित वेत्रावतिवजार, आंगीटार, भैंसे, गेर्खुसमेत गरि दुईसय ५६ घर बाढीले निलेको वडाध्यक्ष नेपालले वताए । उनका अनुसार अझै तथ्यांक निकाल्ने कार्य भइरहेको छ । एककसय ५६ जना महिलासहित दुईसय ४७ जना बाढीले वेपत्ता वनाएको उनले जानकारी दिए । वेत्रावतिवजार नुवाकोटको बिदुरवाट नौ किलोमिटर उत्तर त्रिशूली नदीको किनारामा रहेको थियो ।






