बिदुरः भोटेकोसी हुँदै त्रिशूली नदीमा यही भदौ १० गते वुधवार आएको प्रलयकारी बाढीले नुवाकोट र रसुवाका् सिमाना वेत्रवातिमा रहेको दुर्य वटा पक्कि पुल एकैपटक वगाएपछि काठ र बांसको फड्के निर्माण गरिएको छ । पैदल आवतजावतमा सुविधा पुगेको छ । स्थानीयवासीको पहलमा नुवाकोट र रसुवा जोड्न वेत्रावतीमा आइतवार वेलुकीदेखि फड्के सञ्चालनमा ल्याइएको हो ।


बाढीका कारण पुल वगेर आवागमन ठप्प भएपछि स्थानीय बासिन्दाको सक्रियतामा बिदुर नगरपालिका १० र उत्तरगया गापा ५ जोड्ने वेत्रावतीमा फड्के निर्माण गरी सञ्चालनमा ल्याइएको हो । फड्के सञ्चालनमा आएपछि नुवाकोट–रसुवा आवतजावतमा सहजता भएको छ । स्थानीयवासी, सेना, प्रहरी तथा सरोकारवालाको सहभागितामा आवतजावतकै लागि भएपनि अस्थायी रुपमा काठ र बांसको प्रयोग गरि फड्के निर्माण गरिएको हो ।

उक्त फड्के निर्माणसंगंै मानिस तथा राहत सामग्रीहरु वोकेर लैजान सुविधा पुगेको छ । यसैवीच, ऐतिहासिक बेत्रावतीमा बेलिब्रिज निर्माण गरिने भएको छ । नुवाकोट र रसुवा जोड्नको लागि बेत्रावतीमा ७० मिटर लामो बेलिब्रिज निर्माण गरिने भएको छ । त्यसको आवस्यक निर्माण सामग्री भारतले उपलवध गराउने भएको छ ।

भारतीय पक्षले बेलिब्रिज निर्माणका सामग्रीहर हस्तान्तरण गरेको छ । भारतीय राजदूत नवीन श्रीवास्तवले वेत्रावतिमा बेलिब्रिज निर्माणका लागि भारतबाट ल्याइएका पाटपुर्जाको पहिलो खेप सडक डिभिजनलाई हस्तान्तरण गरे । बेलिब्रिज निर्माण सम्पन्न भएपछि बाढीका कारण प्रभावित बनेको वेत्रावतिमा यातायात आवागमन सहज हुने अपेक्षा गरिएको छ । वीरगन्ज–गल्छी–देवीघाट–वेत्रावति–रसुवागढी त्रिदेशिय सडकमार्गको रुपमा विकसित गरिएको छ ।






