बिदुरः नुवाकोटको बन इजलासमा विभिन्न प्रकृतिको मुद्धा दायर भएको छ । वन क्षेत्रमा ढुंगा उत्खनन् र रुख कटान गरेको उजुरीसंग वन इजलासमा मुद्धा दायर भएको हो । बनक्षेत्रबाट अवैधरुपमा ढुङ्गा उत्खनन गरेको कसुरमा विहीवार डिभिजन वन कार्यालय नुवाकोटको इजालाशमा मुद्दा दायर भएको हो ।


दुप्चेश्वर गापा ४ को वन क्षेत्रवाट ढुंगा उत्खनन् गरेको कसुरमा एक व्यक्तिलाई मुछा दायर गरिएको डिभिजनल वन अधिकृत प्रदीपनाथ शर्माले जानकारी दिए । उनका अनुसार उक्त मुद्धा अनुसार बिगो वमोजिमको १५ हजार ६ सय ४० जरिवाना, तीन महिना कैद अर्थात् दुवै सजाय हुने व्यवस्था रहेको छ । वन क्षेत्रमा ढुंगा उतखनन् गरिरहेको विषयमा उजुरी परेपछि खरानीटार सव डिभिजन कार्यालयका प्रमुख निर्मल वुढामगरको नेतृत्वमा छानविन समिति गठन गरि मुद्धा दायर गरिएको हो ।

विना इजाजत वन क्षेत्रमा रुख कटानी गरेको कसुरमा एक जलविद्युत आयोजनालाई समेत कारवाहीका लागि मुद्धा दायर गरिएको वन अधिकृत शर्माले वताए । त्यस मुद्धामा बिगो ८७ हजार रुपैया जरिवाना वा ६ महिना कैद अर्थात् दुवै सजाय हुने व्यवस्था रहेको छ । यससंगै वन इजलासमै दुईवटा मुद्धा दर्ता भएका छन् । वनक्षेत्रबाट अवैध रुपमा कोहि कसैले विना इजाजत ढुङ्गा, गिट्टि बालुवा उत्खनन् गर्ने गैह्रकानूनी कार्य नगर्न, नगराउनुहुन वन कार्यालय नुवाकोटले सर्वसाधारणमा सचेत गराएको छ ।






