बिदुरः ल्हेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले प्रभावित पारेको नुवाकोटको विभिन्न स्थानमा स्वास्थ्य तथा पिउने पानीको संरचना ध्वस्त वनाएको छ । त्यसको समाधानको कार्य भइरहेको छ । त्रिशूली बाढीबाट सृजित विपद् प्रतिकार्यको लागि नेपाल रेडक्रस सोसाइटी नुवाकोटले युनिसेफको सहकार्यमा तीन वटा स्वास्थ्य केन्द्रका लागि आवस्यक स्वास्थ्य उपकरणहरु उपलव्ध गराएको छ ।


बिदुर नगरपालिका २ को नुवाकोट स्वास्थ्य चौकी, बिदुर नपा ३ को खड्गभन्ज्याङ स्वास्थ्यचौकी र बेल्कोटगढी नपा ७ महादेबफाटको रातोमाटे स्वास्थ्यचोकीमा प्रसुति गृह सन्चालनको लागि आबश्यक उपकरण तथा सामग्री उपलव्ध गराइएको रेडक्रस नुवाकोटका सभापति हरि श्रेष्ठले जानकारी दिए । यसका साथै बेलकोटगढी नपा ७ छबिसेमा डिपबोरिङको गरि पानी सन्चालन गरिएको छ । गत भदौ १० गतेको विनासकारी बाढीका कारण खानेपानीका संरचनाहरुमा क्षति पुगेपछि खानेपानीको समस्या समाधानका लागि नुवाकोट रेडक्रसले बिभिन्न स्थानमा डिप बोरिङमार्फत खानेपानीको सहज उपलब्धताको लागि निर्माण कार्य गरिरहेको छ सभापति श्रेष्ठको भनाई छ ।








