बिदुरः विद्यार्थीहरुको पठनपाठनको सुविधाका लागि नुवाकोटको उत्तरी भेगमा रहेको लच्याङमा विद्यालय भवन निर्माण गरिएको नवनिर्मित तीनकोठे विद्यालय भवन हस्तान्तरण गरिएको छ । सूर्यगढी गाउंपालिका –१ काउले सेम्राङस्थित निर्गुभूमे आधारभूत विद्यालयको नवनिर्मित तीनकोठे भवन हस्तान्तरण भएको छ ।


रेभेज नेपलीज फ्रान्सको आर्थिक तथा प्राविधिक सहयोग तथा मण्डला ट्रेकिङ एजेन्सी लाजिम्पाट काठमाडौं र सूर्यगढी गापा १ लच्याङको समन्वयमा उक्त विद्यालयमा भवन वनाइएको हो । कार्यक्रममा रेभेज नेपलीज फ्रान्सका प्रतिनिधिमण्डल, मण्डला ट्रेकिङ एजेन्सीका अध्यक्ष भीम गोलेसहित प्रतिनिधिमण्डल, वडाध्यक्ष राजकुमार तामाङ (रञ्जित) लगायत वडाका पदाधिकारी तथा कर्मचारीहरू, समाजसेवी, बुद्धिजीवी, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

विद्यालयको भौतिक पूर्वाधार विकास तथा शैक्षिक वातावरण सुधारमा महत्वपूर्ण योगदान पु¥याएका कारण रेभेज नेपलीज फ्रान्सप्रति सूर्यगढी गापा तथा वडा कार्यालयले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको वडाध्यक्ष राजकुमार तामाङ (रञ्जित)ले जानकारी दिए ।













