बिदुरः नुवाकोटको छिमेकी रसुवाको उत्तरगयास्थित एक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु प्रदान गरिएको छ । यसवाट विद्यार्थीहरु निकै खुसी भएका छन् ।


उत्तरगया गापाको वोगटीटारस्थित नीलकण्ठ माविका एसइइ दिने ४० जना विद्यार्थीहरुलाई शैक्षिक उपकरणहरु बितरण गरिएको हो । स्थानीय शिक्षाप्रेमी युवा दिलकृष्ण श्रेष्ठले ज्योमेट्रिक बक्स, ईस्केल, डट्पेन, काडबोर्डलगायतका शैक्षिक उपकरणहरु हस्तान्तरण गरेका हुन् ।








