बिदुरः गुडिरहेको एम्वुलेन्समा लाखौंको चिनिया चुरोटसहित चार जना पक्राउ परेका छन् । एम्वुलेन्सवाट ७१ लाख रुपैया वरावरको चिनिया चुरोट, एम्वुलेन्स र एक महिलासहित चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।


पासाङल्हामु सडकमार्ग अन्र्तगत वेत्रावति–कालिकास्थान सडकखण्डको वीचमा रहेको उत्तरगया गाउंपालिका ५ बेत्रावतीस्थित प्रहरी चौकी बेत्रावतीबाट खटिएको प्रहरी टोलीले बागमती प्रदेश ०१००२झ७४२६ नम्बरको एम्बुलेन्स चेकजाँच गर्ने क्रममा ७० लाख ९२े हजार रुपैया बराबरको होर्मोेनिजाइसन लेखिएको ३ हजार ९ सय ४० बट्टा चिनिया चुरोट, उक्त एम्बुलेन्ससहित ४ जनालाई नियन्त्रणमा लिईएको प्रहरी निरीक्षक रमेश रायले जानकारी दिए । उनका अनुसार अवैध रुपमा चिनिया चुरोटको ओसारपसर हुदै गरेको भन्ने गोप्य जानकारीका आधारमा प्रहरी टोलीले एम्वुलेन्स, चुरोट तथा एक महिलासहति चार जनालाई पक्राउ गरि थप अनुसन्धान कार्य गरिरहेको छ ।

प्रहरीले पक्राउ गरेकाहरुमा एम्वुलेन्स चालक रसुवाको आमाछोदिङ्मो गापा ३ का ४३ वर्षिय दावानुर्पु तामाङ, सोही गापा ५ की ३६ वर्षिया सुनीता तामाङ, सोही स्थानका २७ वर्षिय मार्कुस तामाङ र सोही स्थानका ३२ वर्षिय सुशील तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार गत्लाङ स्वास्थ्य चौकीको एम्बुलेन्स प्रयोग गरी अवैध रूपमा चुरोट ओसारपसार भइरहेको सूचना पाएपछि चेकजाँचका क्रममा उक्त चुरोट बरामद गरिएको हो ।

बरामद गरिएको चुरोटसहित चार जना मानिस र एम्बुलेन्सलाई आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रसुवागढी नाका काठमाडौदेखि नजिक रहेको नाका हो ।





