बिदुरः नुवाकोटमा खाना पकाउने ग्यांसको अभाव भएपछि बिदुर नगरपालिकाले अनुगमन गरिएको छ । दैनिक उपभोग्य सामग्रीको उपलव्धतामा अनाुगमन टोलीले जोड दिएको छ । दैनिक उपभोग्य सामग्रीको पहिचान गरि ग्यांसको अभाव हुने गरि मौज्दात नगर्नसमेत सचेत गराइएको छ ।


वजारमा खाना पकाउने एलिपि ग्यांसको अभाव भएपछि बिदुर नपाको बजार अनुगमन समितिले वजारमा रहेका ग्यांसको डिपो, विक्रेता तथा किराना पसलहरुमा छड्के अनुगमन गरेको हो । समितिका संयोजक तथा बिदुर नपा १० का वडाध्यक्ष गणेशकुमार नेपालको नेतृत्वमा गएको अनुगमन टोलीले नुवाकोटको बट्टार वजारमा रहेका ग्यांस डिपो तथा किराना, फलफुल पसलहरुको अनुगमन गरेको हो ।

मध्यपूर्व क्षेत्रमा देखिएको युद्धको असरका कारण अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको आपूर्तिमा समस्या आएपछि नुवाकोटमासमेत ग्यांसको अभाव भएको छ । विभिन्न दुई वटा ग्यांस डिपो, चार वटा फलफुल विक्रेता, दुई वटा किराना पसल, साल्ट ट्रेडिङ कर्पोरेसनको विक्रीस्थलमा अनुगमन गरिएको संयोजक नेपालले वताए । उनका अनुसार वजारमा ग्यांसको अभाव भेटिएको छ, कसैलाई र कुनै वहानामा पनि मौज्दात नगर्न भनेका छौं, बजारमा ग्यांसको अभाव रहेको र केहिले भने आएका ग्यांसका सिलिण्डरहरु तत्काल उपभोक्तालाई विक्री गरेकोसमेत पाइएको छ ।

वट्टार, वजारमा रहेका विभिन्न पसलहरुको अनुगमन गरिएको विदुर नपा उद्योग शाखाका प्रमुख सुदर्शन सुढाइले जानकारी दिए । उनका अनुसार पहिलेको तुलनामा ग्यांसको अभाव भएको पक्का हो, यद्यपि, हाहाकार नै हुने गरि भने भएको छैन, यहि अवस्थामा ग्यांसको आयात भइरहेको अवस्थामा उपभोक्तालाई समस्या नपर्ने अनुगमनका क्रममा पाइएको छ ।









