बिदुरः खाना पकाउने ग्यांसको अभाव भएपछि नुवाकोटमा अनुगमन गरिएको छ । ग्यांसको अभाव हुने गरि मौज्दात नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । वजारमा खाना पकाउने एलिपि ग्यांसको अभाव भएपछि जिल्ला वजार अनुगमन समितिले वजारमा रहेका ग्यांसको डिपो, विक्रेता तथा पसलहरुमा छड्के अनुगमन गरेको हो ।


समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाइको संयुक्त टोलीले नुवाकोटको विभिन्न वजारमा रहेका ग्यांस डिपो तथा पसलहरुको अनुगमन गरेको हो । मध्यपूर्व क्षेत्रमा देखिएको युद्धको असरका कारण अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको आपूर्तिमा समस्या आएपछि नुवाकोटमासमेत ग्यांसको अभाव भएको छ । विभिन्न सात वटा ग्यांस डिपो, विक्रेता तथा पसलहरुमा अनुगमन गरिएको सहायक प्रजिअ हुमागाइले वताए ।

उनका अनुसार वजारमा ग्यांसको अभाव पाइयो, मौज्दात नगर्न भनेका छौं, धेरै जसोमा ग्यांसको अभाव रहेको र केहिले भने आएका ग्यांका सिलिण्डरहरु तत्काल उपभोक्तालाई विक्री गरेकोसमेत पाइएको छ । वट्टार, गंगटे, पिपलटारलगायतका स्थानमा ग्यांसको अनुगमन गरिएको समितिका सदस्य सचिव तथा उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटका प्रमुख सीताराम घिमिरेले जानकारी दिए ।

उनका अनुसार पहिलेको तुलनामा ग्यांसको अभाव भएको पक्का हो, यद्यपि, हाहाकार नै हुने गरि भने भएको छैन, यहि अवस्थामा ग्यांसको आयात भइरहेको अवस्थामा उपभोक्तालाई समस्या नपर्ने अनुगमनका क्रममा पाइएको छ । अनुगमनका क्रममा वट्टार दम्कीस्थित ग्यांस विक्रेता राजु वोगटीले आफ्नो डिपोमा दैनिक रुपमा ग्यांसको आयात भइरहेको वताउंदै उपभोक्ताले अरु जुनुसुकै ग्यांसको खाली सिलिण्डर ल्याएर पनि आफुले सरकारले तोके अनुसारको आधार सिलिण्डर ग्यांस दिने प्रतिवद्धता जनाएका छन् ।

अनुगमनमा खाद्य प्रविधि कार्यालय, पशु सेवा कार्यालय, प्रहरी, उपभोक्ता हित संरक्षण मन्चलगायत सरोकारवाला निकायका प्रमुख तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो । एलपी ग्यास र पेट्रोलिय पदार्थको कृत्रिम अभाव सृजना नगर्न व्यवसायी तथा उपभोक्तालाई आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।


















