बिदुरः वावु आमाका सवै सन्तान समान रहेको जागरण दिदै नुवाकोटको छिमेकी रसुवाको कालिकामा एक महिलाले आफ्ना दिवंगत पिताको किरियाकर्म गरेकी छन् । उनले बावुआमाका सन्तान छोरा जा छोरी सवै समान भएको सन्देश दिदै आफैं पिताको किरियाकर्म गरेकी हुन् । कालिका गाउँपालिका–२ की ४९ वर्षीया योगमाया ढकाल इश्वरीले आफ्ना दिवंगत पिताको किरिया बसेकी हुन् ।

छोरा छोरी सर्व समान र वरावरी भएको सन्देश दिदै ढकालले किरियाकर्मी गरेकी हुन् । लामो समयदेखि मुटुको समस्याबाट पीडित रोहिणीप्रसाद ढकालको यहि माघ ६ गते मंगलवार ८१ वर्षको उमेरमा निधन भएपछि उनकी जेठी छोरी योगमायाले किरियाकर्मी गरिरहेकी छन् ।अविवाहित योगमाया रोहिणीप्रसादकी जेठी छोरी हुन् ।

मृतक ढकालका सन्तान तीन छोरीहरू मध्ये जेठी योगमाया, माइली सरस्वती र कान्छी गायत्री हुन् । आफुलाइ जन्मदिने बाबु आमाको सेवा गर्ने र अन्त्येष्टि कर्म पनि आफ्नै जिम्मेवारी भएका कारण छोरा जत्तिकै छोरीको पनि भूमिका हुनुपर्ने र यस्ता लैङ्गिक असमानता हटाउन पनि बाबुको किरिया गरेको उनी वताउंछिन् । उनको इच्छा अनुसार कपाल मुण्डन गरेर पिताको काजक्रिया गरिरहेकी छिन् । उनलाई काका टंकप्रसाद र अन्य आफन्तले साथ दिइरहेका छन् ।
विगतमा छोराले मात्रै बाबु आमाको काज–किरिया गर्ने परम्परा असमान रहेको र यसले समाजमा समान व्यवहार नदेखाएको जनाउंदै उनी किरियाकर्ममा लागेकी हुन् ।
छोरीले परम्परागत संस्कारअनुसार दिवंगत बाबुको काज–किरिया कर्म गरेको सामाजिक रूपान्तरणको सशक्त सन्देश बनेको सामाजिक अभियन्ताहरुको भनाई छ । विगतमा दिवंगत माता पिताको काजकिरिया छोराले मात्र गर्नुपर्छ भन्ने चलनलाई समान वनाउन आफुले जागरण् सुरु गरेको योगमायाको भनाई छ ।
आफ्ना ८१ वर्षीय पिता रोहिणीप्रसाद ढकालको निधनपछि योगमायाले काका टंकप्रसाद ढकाल र पुरोहितले दिएको सल्लाहमा काजकिरिया गरिरहेको बताउंछिन् । योगमाया १७ बर्षको उमेर हुदाँ गत २०४८ सालमा उत्तरगयाधाममा चुडाकर्मसमेत गरेकी थिइन् । बुबा, आमाको हेरचाह बहिनीहरुको पढाईलेखाई सबै योगमायाको जिम्मामा रहेको थियो । सन्तानमा जेठी छोरी योगमाया अविवाहित रहेर बिएडसम्म अध्ययन गरि बहिनिहरुलाई चाहे वुझे जति पढाईदिएर बिहे दान पनि आफुले नै गरेको उनको भनाई छ ।

अहिले कपितयले सन्तानहरु विदेश पुगेका छन्, छोरा विदेशमा भएर आउन ढिला हुंदा हप्तादिनमा काजकिरिया सुरु गरिएको सुनिएकै छ, आफ्नो त घरमै भएकी छोरीले छोराछोरी समान हुन् भन्दै राम्रोसगँ हेरविचार गरेर बाबु प्राण परेपछि कपाल मुन्डन गरेर काजकिरिया सुरु गरेको आमा साबित्रि ढकालको भनाई छ । सावित्रीलाई किरिया वसेकी छोरीले तपाई विरामी हुनुहुन्छ, समयमै औषधि खानुस, मेरा चिन्ता नगनुहोस भनिरहन्छिन–आमा सावित्रीको भनाई छ ।
‘आफूलाई जन्मदिने बाबु आमाको सेवा गर्ने र अन्त्येष्टि कर्म पनि आफ्नै जिम्मेवारी हो ।’ योगमायाले अगाडि भनिन्, ‘छोरा जत्तिकै छोरीको पनि भूमिका हुनुपर्ने र लैंगिक असमानता हटाउन पनि आफुले बाबुको किरिया थालेकी हुं ।’





