बिदुरः किसानहरुलाई आधुनिक खेति प्रणालीका सम्वन्धमा सहभागिता गराउने उद्धेश्यले नुवाकोटको तुप्चेमा आधुनिक उपकरणहरु प्रदान गरिएको छ । विदुर नगरपालिकाले तीन प्रकारका उपकरणहरु हस्तान्तरण गरेको हो ।


विदुर नपा ७ मा ‘तरकारी बालीको नयाँ पकेट विकास कार्यक्रम’ सञ्चालनका लागी किसानहरुको माग र आवश्यकताको आधारमा वुधवार आधुनिक उपकरणहरु प्रदान गरिएको हो । किसानहरुसंग सहकार्यको लागी छनोट भएको तुप्चे साना किसान कृषि सहकारीमार्फत ति उपकरणहरु हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा विदुर नपाका मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा बोगटी, विदुर ७ का वडाध्यक्ष रबिन्द्र नेपाललगायत सरोकारवालाले आधुनिक कृषि उपकरणहरु हस्तानतरण गरेका हुन् । मेयर श्रेष्ठले यसवाट किसानहरुले खेति प्रणालीमा सुधार र उतपादनमा वृद्धि गर्न सहयोग पुगने वताए ।

किसानहरुका लागि सात थान मिनिट्रिलर, ११ थान विद्युतीय स्प्रेयर र चार थान तौल लिने मेसिन हस्तान्तरण गरिएको हो । सङ्घीय सशर्त अनुदान कार्यक्रम अन्र्तगत ‘तरकारी बालीको नयाँ पकेट विकास कार्यक्रम’ सञ्चालनको लागी उक्त उपकरण उपलवध गराइएको हो ।

कुल २४ लाख रुपैया लगानी रहेकोमा त्यसमध्ये ५० प्रतिशत सरकारी बजेट रहेको छ । सोही बराबरको रकम साझेदार सँस्था तुप्चे साना किसान कृषि सहकारीमार्फत जुटाइएको सहकारीले जनाएको छ ।












