बिदुरः नुवाकोटमा निर्वाचन आचारसंहिता पालना सम्बन्धमा सरोकारवालाबीच वृहत अन्र्तक्रियात्मक छलफल गरिएको छ । सरोकारवालाले आआफ्नो क्षेत्रवाट आचारसंहिताको पुर्ण पालना गर्ने प्रतिवद्धता जनाएका छन् । निर्वाचन सुरक्षा, उम्मेदवारको सुरक्षा, समाचार सम्प्रेषण, निर्वाचन आचारसंहिता पालनालगायतका विषयमा उम्मेदवार, दल तथा उम्मेदवारको प्रतिनिधि, पत्रकारहरुसँग मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखसहित नुवाकोटको क्षेत्र नं. १ को खरानीटारमा वुधवार अन्तक्र्रिया सम्पन्न भएको हो ।

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि लागू भएको निर्वाचन आचारसंहिता २०८२ कार्यान्वयन गर्ने गराउने प्रतिवद्धतासहित सरोकारवालहरुको सहभागितामा नुवाकोटका दुईवटै निर्वाचन क्षेत्रमा अन्र्तक्रियात्मक छलफल कार्यक्रम सम्पन्न भएको हो । विभिन्न दलका उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधि, विभिन्न राजनीतिक दल, पत्रकार, सुरक्षा निकाय तथा मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्य, निर्वाचन अधिकृत भेषराज कोइराला, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, निर्वाचन आचारसंहिता अनुगमन अधिकृत कृष्णप्रसाद हुमागाई, जिल्ला निर्वाचन अधिकारी होमवहादुर थापामगरलगायत सरोकारवालाहरुको सहभागितामा नुवाकोटको दुईवटै निर्वाचन क्षेत्रमा अन्तरक्रिया सम्पन्न भएको हो ।

मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधिष कोमलप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सहभागीबाट आचारसंहिताको इमान्दारीपूर्वक पालना गर्ने प्रतिवद्धतासमेत जनाइएको छ । नुवाकोटको सदरमुकाम बिदुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ को निर्वाचन अधिकृतको कार्यालय यहि माघ ३ गते स्थापना भई संचालनमा रहेको छ ।
उता, तादी गाउँपालिकास्थित खरानीटारमा निर्वाचन क्षेत्र नं. १ को लागि निर्वाचन अधिकृतको कार्यालय पनि सोहि दिन स्थापना भई संचालनमा आइसकेको छ । मूख्य निर्वाचन अधिकृतको रुपमा नुवाकोट जिल्ला अदालतका जिल्ला न्यायाधिश कोमलप्रसाद आचार्य रहेका छन् । खरानीटारमा क्षेत्र नं. १ को निर्वाचन अधिकृतको रुपमा भेषराज कोइरालाले जिम्मेवारीमा रहेका छन् ।
क्षेत्र नं. २ को जिल्ला प्रशासन कार्यालय नुवाकोटको सभाहलमा तथा क्षेत्र नं. १ को लागि तादी गाउँपालिकास्थित निर्वाचन अधिकृतको कार्यालय खरानीटारको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । उक्त दुईवटै अन्र्तक्रियात्मक कार्यक्रममा प्रतिनिधि सभा सदस्यको लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरु, उम्मेदवारका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सन्चारचारकर्मीसहित सुरक्षा निकाय र सरोकारवालाहरुको सहभागिता रहको थियो ।

उक्त कार्यक्रममा निर्वाचन आचारसंहिता–२०८२ को कार्यान्वयन, निर्वाचन सुरक्षा, उम्मेदवारको सुरक्षा एवम् तथ्यपूर्ण समाचार सम्प्रेषण लगायतका समसामयिक विषयमा छलफल गरिएको र उक्त निर्वाचन आचारसंहिताको इमान्दारीपुर्वक पालना गर्ने प्रतिवद्धता सरोकारवाला पक्षबाट व्यक्त गरिएको छ । कार्यक्रममा उम्मेदवारहरु, उम्मेदवार आवद्ध विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, उम्मेदवारका प्रतिनिधिहरु, संचारकर्मी, पत्रकार तथा सबै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी होमबहादुर थापामगरले निर्वाचन आचारसंहिता सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए । प्रस्तुत कार्यपत्रउपर उठेका सवालमा निर्वाचन आयोगबाट निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको जिम्मेवारीमा रहेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाई, समितिका सदस्य तथा निर्वाचन अधिकृत भेषराज कोइराला, जिल्ला आचारसंहिता अनुगमन समितिका सहसंयोजक तथा प्रमुख जिल्ला अधिकारी शम्भूप्रसाद रेग्मी, जिल्ला आचारसंहिता अनुगमन समितिका संयोजक तथा मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधिष कोमलप्रसाद आचार्यले निर्वाचनको आचारसंहिताको विषयमा जानकार िगराएका थिए ।

कार्यक्रममा निर्वाचनलाई स्वच्छ, निषपक्ष, स्वतन्त्र, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरोकारवाला सबैपक्षको उत्तिकै भूमिका रहेको हुँदा सबैपक्ष जिम्मेवार ढंगले आ–आफ्नो जिम्मेवारी पुरा गर्न लाग्नु पर्नेमा जोड दिइयो । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्नत आवश्यक भएकोले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले सरोकारवालाहरुसंगको छलफल र सहमतिमा गत पौष १२ गते “निर्वाचन आचारसंहिता २०८२“ स्वीकृत गरिसकेको छ भने उक्त आचारसंहिता यहि माघ ४ गतेबाट लागू समेत भईसकेको छ ।





