बिदुरः नुवाकोटको उत्तरी भेगमा रहेको घ्याङफेदीमा युवकको हत्या भएको छ । प्रहरीले बावुछोरालाई पक्राउ गरेको छ ।

सदरमुकाम विदुरदेखि ५० किलोमिटर दुरी उत्तरमा रहेको दुप्चेश्वर गाउँपालिका १ स्थित घ्यावरमा मंगलवार राती स्थानीय ३५ वर्षिय रणे तामाङको हत्या भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । प्रहरीले स्थानीय ५२ वर्षिय वाङ्दी शेर्पा र उनको छोरा २५ वर्षिय कुन्साङग्याल्जेन शेर्पालाई पक्राउ गरेको छ ।

वाङ्दी शेर्पाकी आमा विरामी भएपछि झारफुक गर्न गएका रणे तामाङको शेर्पाको घरभित्रै आक्रमणमा परेर मृत्यु भएको दुप्चेश्वर १ का वडासदस्य जीतमान तामाङले वताए । मंगलवार राती सांढे नौ वजेको समयमा वाङ्दी र छोरा कुन्साङग्याल्जेन शेर्पाकोवीचमा विवाद र झगडा भएकोमा वावुछोरालाई छुट्टाउन पुगेका छिमेकी युवक रणे तामाङको उनीहरुको आक्रमणमा परि ज्यान गएको वडा सदस्य तामाङले वताए ।

हत्याको जानकारी हुने वित्तिकै जनप्रतिनिधि तथा खरानीटार र समुन्द्रटारवाट प्रहरी घटनास्थल पुगेको छ । शवको मुचुल्का उठाएर पोष्टमार्टमका लागि अस्पताल लगिने प्रहरीले जनाएको छ ।





