बिदुरः पशुपालक किसानहरुलाई आत्मनिर्भर वनाउने उद्धेश्यले नुवाकोटको विदुरमा पशु स्वास्थ्य सचेतना तथा पशुपालन सम्वन्धि प्रशिक्षण दिइएको छ । यसवाट किसानहरु पशुपालनका लागि उत्साहित भएका छन् ।


व्यवसायिक रुपमा गाई–भैंसी पालन गरिरहेका कृषकहरुको प्रवद्र्धनका लागि विदुर नगरपालिकाले अभियान सन्चालन गरेको हो । जसअन्र्तगत बिदुर नपाले किसानहरुलाई व्यवसायिक पशुपालन सम्वन्धि तीन दिनको तालिम प्रदान गरिएको छ ।

सो तालिममा १३ वडावाट दुई/दुई जना पशुपालन गरिरहेका किसानहरुको सहभागिता रहेको थियो । सहभागी किसानहरुलाई पशु स्वास्थ्यकर्मीहरुले सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण प्रदान गरिएको थियो ।

सोही तालिम समापन कार्यक्रममा मंगलवार सहभागी किसानहरुलाई पशुको स्वास्थ्य सामग्रीहरुसमेत प्रदान गरिएको छ । तालिमको समापनका अवसरमा किसानहरुलाई उक्त सामग्रीहरु विदुर नपाकी उपमेयर प्रभा वोगटीले हस्तान्तरण गरिन् ।







