बिदुरः राष्ट्रिय महिला उद्यमी समिति नुवाकोटको भेला सम्पन्न भएको छ । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ अन्तर्गत सम्पन्न जिल्ला भेलाले नयां समिति चयन गरेको छ ।


राष्ट्रिय महिला उद्यमी समितिको भेलाले नुवाकोट जिल्ला समितिको संयोजकमा बट्टार वजारकी पुराना उद्यमी शान्ति प्रधानलाई चयन गरेको छ । प्रधानको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरेको छ । समितिको सचिवमा संगीता परियार र कोषाध्यक्षमा सिर्जना पाण्डेश्रेष्ठ रहेका छन् ।

सदस्यहरूमा सञ्चिता श्रेष्ठ, सरस्वती श्रेष्ठ, सम्जना थापामगर, सोमायाँ तामाङ, तनाया वर्देवा, नानु गुरुङ र देउती परियार रहेका छन् । यसअघि भेलाको महासंघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठले उद्घाटन गरेका हुन् । उनले उद्यमवाटै महिलाहरु स्वरोजगार र आर्थिक उन्नतीको क्षेत्रको मार्गमा पुगेको वताए ।

कार्यक्रममा केन्द्रीय अध्यक्ष श्रेष्ठले महिला उद्यमीहरूको सचेतना, व्यवसाय विस्तार, सशक्तीकरण र सीप विकासमा महासंघले साझेदारी गर्र्नेे प्रतिबद्धता जनाएका छन् । समिति गठनसँगै नुवाकोटका महिला सिलाई तथा कपडा व्यवसायीहरूले संगठित रूपमा आफ्नो हकहित संरक्षण, तालिम, बजार प्रवद्र्धन तथा सहकार्यका लागि नयाँ ढोका खुलेको समितिकी संयोजक शान्ती प्रधानको भनाई छ ।

समितिले महिला उद्यमीहरुको प्रवद्र्धनका लागि कार्य गर्ने जनाएको छ । साथै आगामी समयमा सिप प्रवद्र्धनात्मक तालिम, प्रदर्शनी तथा उद्यमशीलता कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना रहेको छ ।











