बिदुरः क्रिकेट खेलको विकास र विस्तारका लागि नुवाकोटको महादेवफांटमा प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताका विजेता तथा उपविजेतालाई नगद पुरस्कार प्रदान गरिएको छ ।


महादेवफांट खेल मैदानमा सम्पन्न फाइनल खेलमा गल्छी क्रिकेट क्लवले बेलकोटगढी नगरपालिकालाई ९ विकेटले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । फाइनल खेलमा गल्छीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।

बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै गल्छीले बेलकोटगढीलाई १४ दशमलव २ ओभरमा मात्र ७५ रनमै अलआउट भयो । गल्छीका कप्तान रवीन्द्र नेपालले शानदार प्रदर्शन गर्दै ५ विकेट लिएर टोलीलाई वलियो अवस्थामा पु¥याएका थिए ।

७६ रनको सामान्य लक्ष्य पछ्याएको गल्छी क्रिकेट क्लबले उत्कृष्ट ब्याटिङ गर्दै ८ ओभरमै १ विकेट गुमाएर विजयी लक्ष्य पूरा ग¥योे । प्रतियोगितामा गल्छी, थार्के, विदुर र बेलकोटगढी गरी चार टिमको सहभागिता रहेको थियो ।

विजेता गल्छी क्रिकेट क्लवले नगद ३० हजार, मेडल, ट्रफि र प्रमाणपत्र, उपविजेता वेलकोटगढी नपाले नगद १० हजार, मेडल, ट्रफि र प्रमाणपत्र पाए । पुरस्कार वितरण गदैृ वेलकोटगढी नपाका मेयर जगतवहादुर गुरुङले क्रिकेट प्रतियोगिताले क्रिकेट खेलाडिहरुको पहिचान गर्न मद्धत पुगेको वताए ।

उनले खेल क्षेत्रको विकास र प्रवद्र्धनका लागि नपाले विशेष कार्यक्रम सन्चालन गरिरहेकोसमेत वताए । यसअघि, सेमिफाइनलमा गल्छी क्रिकेट क्लबले विदुर नगरपालिकालाई ९ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

उता बेलकोटगढी क्रिकेट टिमले पनि उत्कृष्ट खेल प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेको थियो । महादेवफाट मैदानमा सम्पन्न प्रतियोगिताका खेलहरूमा दर्शकको उल्लेखनीय उपस्थिति रहेको रविन दाहालले बताए ।

उनका अनुसार प्रतियोगिताले स्थानीय स्तरमा क्रिकेटको विकास, खेलाडीको प्रतिभा उजागर र युवाहरूलाई खेलतर्फ आकर्षित गर्न योगदान पु¥याएको छ । पहिलो संस्करणमै सफल आयोजना भएको चिम्टेश्वर कपलाई आगामी वर्षहरूमा अभैm व्यापक बनाउने तयारी रहेको उनले बताए ।








