बिदुरः नुवाकोटको पश्चिमी भेगमा रहेको फिर्केपकोटस्थित एक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा प्रदान गरिएको छ । जाडोमा न्यानो कपडा पाउंदा विद्यार्थीहरु निकै खुसी भएका छन् ।


तारकेश्वर गाउंपालिका ६ फिर्केपकोटस्थित भुमेस्थान आधारभुत विद्यालयमा अध्ययनरत सम्पुर्ण बालबालिकाहरुलाई एक÷एक सेट न्यानो कपडा अर्थात् ट्रयाकसुट वितरण गरिएको स्थानीय युवा सोम तामाङले जानकारी दिए । उनका अनुसार विद्यार्थीहरुलाई आफ्नो अनुरोधमा किस्पाङ गापा –३ स्थित शिक्षाप्रेमी गणेश वाइबाको पहलमा न्यानो कपडा अर्थात् ट्रयाक सुट हस्तान्तरण गरिएको हो ।

जाडोमा गाउंका विद्यार्थीहरुले न्यानो कपडा अर्थात् ट्रयाक सुट पाएपछि उनीहरुलाई सहज भएको विद्यालयले जनाएको छ ।










