बिदुरः नेपाल एकिकरण र राष्ट्रिय एकताको स्मरण र सम्वद्र्धनका लागि सन्चालित एकीकरण पदमार्ग पैदलयात्राको टोली नुवाकोटको पदयात्रामा रहेको छ । उक्त टोली तीन दिनदेखि नुवाकोटको म्यागङ, बिदुर नपा, लिखु र ककनी गापामा एकिकरण टर्चलाइट वोकर पदयात्रामा रहेको छ । टोलीलाई विभिन्न स्थानयि तहमा सम्वन्धित जनप्रतिनिधि, सरोकारवाला तथा सर्वसाधारणले स्वागत गरेका छन् ।


३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०८२ को अवसरमा सञ्चालित गोरखा–धादिङ–नुवाकोट–काठमाडौँ एकीकरण पदमार्ग कार्यक्रमअन्तर्गत एकिकरण टर्च वोकेको सेनाको अधिकृतसहितको ४० जनाको टोली शुक्रवार वेलुकी नुवाकोटको ककनीस्थित रानीपौवा वजार पुगेको छ । उक्त टोलीले नुवाकोटको म्यागङ, विदुर नपा, लिखु गापा, ककनी गापाका विभिन्न स्थानमा चार दिने एकिकरण टर्च वोकेर पदयात्रा गरिरहेको छ ।

टोली शनिवार नुवाकोटको ककनी गापास्थित ओखरपौवादवाट काठमाडौका लागि प्रस्थान गर्ने तयारी रहेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीको भनाई छ । उनका अनुसार एकिकरण टर्च वोकेको नेपाली सेनाको पदयात्रा पुस २३ गते वुधवारदेखि २६ गते शनिवारसम्म नुवाकोटमा रहेर ककनीको पुर्वी भेगवाट काठमाडौ प्रस्थान गर्ने तयारी गरेको छ । एकीकरण मार्गको रुपमा रहेको नुवाकोट र धादिङको सिमाना भ¥याङभुरुङमा भैरव गणसंग नुवाकोटको शेर गणले एकिकरण टर्च र झण्डा वुझेको हो ।

नुवाकोटको शेर गणले ओखरपौवावाट शनिवार भैरवी दल गणलाई एकिकरण टर्च र झण्डा हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । यसअघि, नुवाकोटको म्यागङ, विदुर नपा, ककनी गापाका विभिन्न स्थानमा सेनाको उक्त टोलीलाई स्वागतसहित एकिकरण र पृथ्वीनारायणको योगदानका सन्दर्भमा प्रवचन, अन्र्तक्रियासमेत गरिएको छ ।
म्यागङको भ¥याङभुरुङ, विदुर नपाको शुभघाट र साततले दरवार परिसर, ककनीको रानीपौवामा स्वागत तथा अन्र्तक्रिया कार्यक्रम भएका छन् ।

नेपाली सेनाले पुस २१ गते गोरखादेखि सुरु गरेको एकीकरण पदयात्राको ‘टर्च’ धादिङ हुदैं नुवाकोट आइपुग्दा सरोकारवालाले विशेष वाजागाजा र झांकीसहित स्वागत गरेका हुन् । सेनाको एकिकरण पदयात्राको टोली नुवाकोटको शुभघाट, नुवाकोट दरवार क्षेत्र, चतुराले, ककनी हुदै ओखरपौवाट यहि पुस २६ गते शनिवार काठमाडौं प्रस्थान गर्ने कार्यक्रम रहेको सेनाको शेर गण नुवाकोटले जनाएको छ । यसअघि, सेनाको एकिकरण टर्च वोकेको पदयात्रालाई नुवाकोट प्रवेश गरेपछि विदुर नपाका मेयर राजन श्रेष्ठ, म्यागङ गापा अध्यक्ष आशाबहादुर तामाङ, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, म्यागङ उपाध्यक्ष सीता वाइलगायतले विशेष स्वागत सतकार गरेको थियो ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाली सेनाले ६ वर्षदेखि गोरखा–धादिङ–नुवाकोट–काठमाडौ एकिकरण टर्चसहितको पदयात्रा सुरु गरेको हो । पदयात्राको टोलीले नुवाकोटको महामण्डल डाँडा, ऐतिहासिक नुवाकोट दरबार हुँदै चतुराले हुदै ककनीसम्म पुगेको छ । नुवाकोट साततले दरवार र भैरवी मन्दिर परिसरमा विदुर नपा, जिल्ला प्रशासन, सुरक्षा निकाय, भूपू सैनिक संघ, स्थानीय क्लब तथा समुदायको सहभागितामा पञ्चेबाजा र धिमे बाजासहित विभिन्न कार्यक्रम गरिएको विदुर नपाका मेयर राजन श्रेष्ठको भनाई छ ।

उक्त कार्यक्रमा नेपाली सेनाको ६ नं बाहिनीपति सुवासचन्द्र थापा, प्रजिअ शम्भुप्रसाद रेग्मीसहित जिल्लास्थित सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि एकीकरण मार्ग–पदयात्राको टोलीलाई स्वागत तथा कार्यक्रम गरेका थिए । उक्त कार्यक्रममा पृथ्वीजयन्ती र एकीकरण मार्ग पदयात्राको ऐतिहासिक महत्वबारे अन्र्तक्रिया गरिएको थियो । नुवाकोटमा पदयात्राको तेस्रो दिन पुस २५ गते शुक्रवार नुवाकोटमा चतुरालेबाट ककनी गापाको रानीपौवासम्मयात्रा सञ्चालन भएकोछ ।

पुस २६ गते शनिवार नुवाकोटतर्फको अन्तिम दिन रानीपौवाबाट पदयात्रा सुरु भई नुवाकोट–काठमाडौं सिमानाको ओखरपौवामा पुगेर टर्च तथा झण्डा काठमाडौको टोलीलाई हस्तान्तरण गरिने नेपाली सेनाको शेर गणमा गणपति प्रमुख सेनानी अशोककुमार मल्लको भनाई छ । शेर गणले पञ्चेबाजासहित एकिकरण पदयात्राको टर्च र झण्डा भैरवी दल गण काठमाडौंलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । नेपाल एकीकरणका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाह हिँडेको बाटोमा टर्च वोकेर पदयात्रा गरिएको हो ।

झण्डै सांढे दुई सय वर्ष अगाडि भएको नेपाल एकीकरणको स्मरणस्वरुप नेपालको इतिहासको जगेर्ना, पुर्खाले पु¥याएको योगदानको संरक्षणका लागि उक्त कार्यक्रम उपयुक्त रहेको सर्वसाधारणको भनाई छ । नेपालको ऐतिहासिक पक्षलाई जीवन्त राख्न पुर्खाले गरेकोे योगदानको संरक्षण गर्दै अहिलेको अवस्थामा राष्ट्रभाव उत्पन्न गराउन ‘एकीकरण मार्ग पदयात्रालाई महत्वका रुपमा लिइएको छ । नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले गोरखावाट धादिङ, नुवाकोट हुदै काठमाडौसम्म हिडेको मार्गलाई एकीकरण पदमार्गका रुपमा विकास गर्नका लागि २०७६ सालदेखि सुरु भएको हो ।

गोरखा दरबारबाट निकालिएको दीपज्योतिमा पृथ्वीनारायण शाहले स्थापना गरेको नेपाली सेनाका प्रथम पाँच कम्पनी श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दबहादुर र सबुजका झण्डा, नेपालको राष्ट्रिय झण्डा र बाजागाजासहित पैदलमार्ग हुँदै काठमाडौँ पु¥याइने छ । नुवाकोटबाट काठमाडौतर्फ प्रस्थानका क्रममा पदयात्रालाई शेर गण नुवाकोटले २६ गते भैरवीदल गण काठमाडौँमा ‘एकीकरण टर्च’सहित प्रथम पाँच सैनिक कम्पनीको झण्डा र राष्ट्रिय झण्डा हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।














