बिदुरः आंखाका विरामीहरुको सुविधाका लागि नुवाकोटको कोलोनीमा सन्चालित आंखाको मोतियाविन्दुको वृहत शल्यक्रिया शिविर सम्पन्न भएको छ । यसवाट आंखाका विरामीहरुलाई सुविधा पुगेको छ ।


विदुर नगरपालिकाको सहकार्यमा लायन्स क्लब नुवाकोट त्रिशूली, लायन्स क्लब नुवाकोट दरबार र लायन्स क्लब बाघटार कोलनीले दुई दिनसम्म शिविर सन्चालन गरेका हुन् । मोतियाविन्दु शल्यक्रिया शिविरमा विपि कोइराला लायन्स नेत्र अध्ययन केन्द्रको प्राविधिक सहयोग गरेको थियो ।

शिविरमा डा. संगीता सिटौला र डा. गुल्सनवहादुर श्रेष्ठसहित १२ जनाको स्वास्थ्य टोलीले आंखाा विरामीहरुको मोतियान्दिुको शल्यक्रिया गरिरहेको छ । शिविरमा ५५ जनाको मोतियाविन्दुको शल्यक्रिया गर्नुका साथै एकहजार दुईसय ५५ जनाको आंखाको परिक्षण गरेको छ ।

शिविरमा २५ जनाको मोतियान्दिुको विशेष शल्यक्रिया गर्नु पर्ने भएकाले काठमाडौं रिफर गरिएको आयोजक समितिका श्रीकृष्ण रिजालले जानकारी दिए । शिविरमा शल्यक्रिया र आंखा परिक्षणसहितको सेवा सन्चालन गरिएको छ । बिदुर नपा तथा आसपासका सर्वसाधारणले सेवा लिएका थिए ।










