बिदुरः समाजमा परिवर्तनको लक्ष्य लिएर गत २०७९ सालको स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा विजयी भएका नुवाकोटका एक जना वडाध्यक्ष परिवारसहित अमेरिका उडेका छन् । अमेरिकाको डिभी कार्यक्रमअन्र्तगत भीषा पाएका बेलकोटगढी नगरपालिकाका एक जना वडाध्यक्ष वुधवार परिवारसहित अमेरिका उडेका हुन् ।


बेलकोटगढी नपा ११ का वडाध्यक्ष प्रकाशजंग पाण्डे डीभी कार्यक्रम अन्र्तगत अमेरिका उडेपछि उक्त वडामा कार्यवाहक जिम्मेवारी दिएका छन् । उनले वडा सदस्य राजुमान तामाङलाई कावा वडाध्यक्षको जिम्मेवारी दिएर परिवारसहित अमेरिका उडेका हुन् ।

वडाध्यक्ष पाण्डे पत्नी, छोरासंगै त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलवाट अमेरिकाको न्युयोर्कका लागि प्रस्थान गरेका हुन् । वडाध्यक्ष पाण्डेकी धर्मपत्नी उषा भण्डारीलाई गत वर्ष डिभी कार्यक्रमको अन्र्तगत डिभी परेपछि भीषा आवेदन गर्दा भीषा प्राप्त भएको हो ।

अमेरिका उडेका वडाध्यक्ष पाण्डेले छोरा र परिवारको वयवस्थापन मिलाएर जेठमा नेपाल फर्कने वताएको परिवारजनले वताएका छन् । यद्यपि, देशमा विद्यमान अवस्थाका कारण युवाहरु वाहिरिने क्रम वढेको छ ।





