बिदुरः नुवाकोटको विदुरका एक जना अशक्तलाई सहायक सामग्री प्रदान गरिएको छ । यसवाट उनलाई आवतजावतमा सुविधा पुगेको छ ।

बिदुर नगरपालिकाले विदुर ४ बिदुरका अशक्त कुमार नगरकोटीलाई एक थान आधुनिक व्हिलचेयर प्रदान गरेको हो । मेयर राजन श्रेष्ठले नगरकोटीका परिवारलाई कार्यक्रमकावीच वुधवार प्रोफेसनल व्हिलचेयर हस्तान्तरण गरेका हुन् ।
उनले सामाजिक सेवामा सक्रियताका लागि प्यारालाइसिसका कारण असक्त भएकाले नगरकोटीलाई प्रोफेसनल व्हिलचेयर विदुर नपाले प्रदान गरेको बताए । यसवाट नगरकोटीलाई आवतजावतमा सुविधा पुगेको जनाइएको छ ।





