बिदुरः शिक्षा क्षेत्रमा सहजीकरणको उद्धेश्यले नुवाकोटको पुर्वी भेगमा रहेको खरानीटारपिस्थत एक विद्यालयमा सहयोग प्रदान गरिएको छ । न्यानो कपडा, स्टेशनरी, छात्रवृत्ति प्रदान गरिएको हो ।


तादी गाउपालिका ३ खरानीटारस्थित अमरज्योती प्राविधिक विद्यालयमा स्कुल सपोर्ट कार्यक्रम अन्र्तगत न्यानो कपडा, स्टेसनरी तथा खेलकुद सामाग्री वितरण गरिएको हो । यसका साथै पढाउ अभियान अन्र्तगत छात्रवृत्ति वितरण र खरानीटार अस्पतालमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम गरिएको छ ।

लायन्स क्लब अफ काठमाडौं तारकेश्वरको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा क्लवका डिस्ट्रिक्ट गभर्नर पार्वती खरेलपाण्डेले विद्यालयमा विद्यार्थीहरुको शैक्षिक, अहस्पतालमा स्वास्थय प्रवद्र्धनका लागि सामाजिक उत्तरदायितवको भावनाले सहयोग प्रदान गरिएको वताइन् ।

कार्यक्रममा तादी गापाका अध्यक्ष सन्तमान तामाङले ग्रामीण भेगमा वालवालिकाहरुमा शैक्षिक चेतनाको जरुरी रहेको औल्याउंदै शैक्षिक र स्वास्थ्य सहयोगको निरन्तरता हुनु पर्ने वताए । कार्यक्रममा गापा उपाध्यक्ष सन्जु प्याकुरेलश्रेष्ठ सहयोगी क्लबका अध्यक्ष सीता घले तथा क्लबका पदाधिकारी, सदस्य तथा विद्यालयका प्रधानाध्यापक सुरेन्द्र अधिकारीलगायतले शैक्षिक सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।








