बिदुरः पशुपतिनाथको पर्यायको रुपमा पुजिदै आएको नुवाकोटको प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर मन्दिरमा यस वर्षको धान्यपुर्णिमा मेलाको खर्च विवरण सार्वजनिक भएको छ । मेलामा पौने चार लाख खर्च र पौने १३ लाख रुपैया भेटी संकलन भएको छ । दुप्चेश्वर गाउँपालिका–६ रामतीस्थित करेजुङको पहरामा रहेको प्रसिद्ध दुप्चेश्वर धाम मन्दिरमा साताव्यापी रुपमा लागेको धान्यपुर्णिमा मेलामा भएको खर्च विवरण आयोजकले सार्वजनिक गरेको हो ।


मेलामा स्वयंसेवक खर्च ६४ हजार, प्रचारप्रसार खर्च दुई लाख ५५ हजार, रासन खर्च २७ हजार २०, बन्दोबस्ती सामग्री सुरक्षाकर्मि÷स्वास्थ्यकर्मी टोलीका लागि १७ हजार पांचसय, यातायात खर्च २० हजार रुपैया गरि कुल खर्च तीन लाख ८३ हजार पांचसय २० रुपैया खर्च भएको मेला आयोजक दुप्चेश्वर क्षेत्र बिकास कोषले जनाएको छ । कोषका अनुसार प्रसिद्ध दुप्चेश्वर मेलाको भेटि पौने १३ लाख रुपैया संकलन भएको थियो । मेलामा देश तथा विदेशवाट सर्वसाधारण मन्दिर पुगि दर्शन गर्दै दुप्चेश्वमा गाइको दुधका साथै भेटी चढाएका थिए ।

धान्यपुर्णिमाको अवसरमा यस वर्ष लागेको साताव्यापी मेलामा संकलित भेटि र खर्च विवरण सार्वजनिक गरिएको समितिका कोषाध्यक्ष राजकुमार श्रेष्ठको भनाई छ । स्थानीय समुन्द्रटार प्रहरी कार्यालय परिसरमा मेलामा संकलित भेटि गणना गरिएको थियो । दुई समूहमा गरिएको भेटि गणनामा मेलावाट संकलित भेटि कुल १२ लाख ८८ हजार एकसय ८० रुपैया गणना गरिएको हो ।

मन्दिर परिसरमा राखिएको कयुआर कोडमार्फत मात्र ३४ हजार एकसय रुपैया संकलन भएको कोषले जनाएको छ । उक्त भेटि गत वर्षको भन्दा धेरै हो भने गत वर्षको सोही मेलामा कुल आठ लाख ६४ हजार दुई सय १२ रुपैया मात्र भेटी संकलन भएको थियो । दुप्चेश्वर सवैको मुख्य आस्थाको केन्द्र वन्दै गइरहेको स्थानीयवासीको भनाई छ ।

यस वर्ष धान्य पूर्णिमाको अवसरमा लागेको मेलामा भक्तजनले चढाएको तथा दान गरेको उक्त भेटी र खर्च रकम सार्वजनिक गरिएको हो । यस वर्ष गत वर्षको भन्दा तीनलाख ७० हजार तीनसय ४७ रुपैया धेरै भेटी संकलन भएको हो । गत वर्ष सोही मेलामा दुप्चेश्वरको भेटी ४ लाख ९३ हजार ८ सय ६५ रुपैयाँ मात्र सङ्कलन भएको थियो ।

यस वर्ष गत वर्ष भन्दा कुल चारलाख २३ हजार नौसय ६८ रुपैया धेरै भेटि संकलन भएको हो । हिन्दु तथा वौद्धमार्गीको संगमस्थल दुप्चेश्वर धाममा सर्वसाधारण आउने क्रम सदैव वढिरहेको दुप्चेश्वर क्षेत्र विकास कोषका अध्यक्ष तथा दुप्चेश्वर गापाका अध्यक्ष शंकरवहादुर थापाले वताए । उनका अनुसार पछिल्लो वर्ष मन्दिरमा आउने भक्तजनको उपस्थिती वढिरहेको र उचित व्यवस्थापनका लागि कोष तथा गापा कार्यालय क्रियाशील रहेको बताए ।

यातायात र मोटरबाटोको प्रभावकारिताका कारण नुवाकोटको प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर मन्दिरमा यति धेरै भेटी रकम सङ्कलन भएको हो । यस वर्ष दुप्चेश्वर मेलामा भक्तजनहरुको संख्या गत वर्षको भन्दा वृद्धि भएको मेला आयोजक समितिले जनाएको छ । मेलामा दुई सातासम्म गरि एकलाख २५ हजार जनाले सहभागिता जनाएको कोषले जनाएको छ ।

मेलामा सवै किसिमका मानिसहरु आएर दुप्चेश्वरमा पुजापाठ गर्नुका साथै दूध, दाम्लो, जनै, सुपारी चढाएको दुप्चेश्वर मन्दिरका पुजारी भगवानहरि धितालले वताए । उनका अनुसार सो मेला शिवरात्रीपछिको नेपालको दोश्रो ठुलो मेला हो । दुप्चेश्वरमा प्रत्येक शिवरात्री, धान्यपुर्णिमालगायतका अवसरमा विशेष मेला लाग्ने गर्दछ ।

प्रत्येक सोमवार, विहीवार तथा शनिवार गाडी नै रिजर्भ गरेर भक्तजनहरु दुप्चेश्वर पुगिरहेका छन् । प्रसिद्ध दुप्चेश्वर धाम जान नुवाकोटको विदुरवाट गंगटे हुंदै र काठमाडौको टोखावाट नुवाकोटको शिवपुरी, लिखु, तादी हुदै सांढे दुई घण्टाको मोटरयात्राको दुरीमा पुग्न सकिन्छ । दुप्चेश्वर हिन्दु तथा वौद्ध समुदायको सामूहिक आकर्षणको केन्द्र भइरहेको दुप्चेश्वर गापाका कर्मचारी भुपेन्द्र केसीले जानकारी दिए ।














