बिदुरः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आकस्मिक रुपमा नुवाकोटको निरीक्षण गरेकी छन् । उनले एकैदिन नुवाकोटको केन्द्रीय कारागार र जिल्ला कारागारको निरीक्षण भ्रमण गरेकी हुन् । नुवाकोटमा बाल सुधार गृह सञ्चालनका सम्बन्धमा स्थलगत निरीक्षणका लागि मन्त्री श्रेष्ठ आइतवार चण्डीपोखरीस्थित केन्द्रीय कारागार, ढुंगेस्थित जिल्ला कारागारको स्थलगत निरीक्षण भ्रमण गरेकी हुन् ।


उनले वाल सुधार गृह सन्चालनका लागि आवश्यक सहजीकरणका लागि सरोकारवाला निकायको सक्रियता जरुरी रहेको वताइन् । नुवाकोटको विदुर नगरपालिका ६ चण्डीपोखरीमा रहेको केन्द्रीय कारागार र विदुर नपा १ ढुंगेमा रहेको जिल्ला कारागारको मन्त्रि श्रेष्ठको टोलीले स्थलगत निरीक्षण अवलोकन गरेकी हुन् । मन्त्रि श्रेष्ठले आइतवार नुवाकोटको दुई वटा कारागार र विदुर नपा कार्यालयसमेत अवलोकन गरेकी हुन् ।

दुवै कारागार पुगेर मन्त्रि श्रेष्ठले तत्कालीन अवस्थाका सम्वन्धमा जानकारी लिएकी हुन् । कारागारमा खाली रहेको ब्लकलाई बाल सुधार गृहको रुपमा सञ्चालनमा ल्याउने सरकारको निर्णयसंगै त्यसको अवस्थाको जानकारी लिन मन्त्रि श्रेष्ठ आकस्मिक रुपमा नुवाकोट आइपुगेकी हुन् । उनले कारागारमा बालबिझ्याइँकर्तालाई राख्नका लागि सरकारले तयारी सुरु गर्ने वताइन् ।

उनले सरकारको निर्णयलाई पुरा गर्न सकिने अवस्था रहेको स्थलगत अवलोकनका क्रममा वताइन् । महिला वालवालिका तथा ज्येष्ठ नागरिकमन्त्रि श्रेष्ठले पहिले चण्डीपोखरीस्थित केन्द्रीय कारागार, त्यसमा रहेको खाली व्लक, त्यसपछि ढुंगेस्थित जिल्ला कारागारको खाली रहेको व्लक र विदुर नपा कार्यालय पुगेकी हुन् । विदुर नपा कार्यालयमा मन्त्री श्रद्धा श्रेष्ठलाई विदुर नपाका मेयर राजन श्रेष्ठले स्वागत गरे ।

मन्त्रि श्रेष्ठले सरकार नतिजा दिने तरिकाले काम गरिरहेको र त्यसमा सरकारी संयन्त्रहरुले साथ दिइरहेकोसमेत वताइन् । जनतालाई पहिलो प्राथमिकतामा राखेर कार्य गर्न उनले निर्देशन दिइन् । देश र जनताका लागि केहि गर्ने उद्धेश्य सरकारले लिएको छ, सोही अनुसार आफु कारागारको अनजुगमनमा आएको मन्त्रि श्रेष्ठको भनाई छ ।

मन्त्रिपरिषद्को यहि पुस ३ गते बसेको बैठकले देशका विभिन्न बालसुधार गृहमा रहेका र अवधि बाँकी रहेका १८ वर्ष माथिका बालबिझ्याइँकर्तालाई राख्नका लागि नुवाकोटको चण्डीपोखरीमा रहेको केन्द्रीय कारागारको कुल चार वटा ब्लकमध्ये एउटा खाली रहेको ब्लकलाई बाल सुधार गृहको रूपमा परिणत गरी सञ्चालनमा ल्याउन स्वीकृति प्रदान गरेको थियो । अवलोकनका क्रममा मन्त्री श्रेष्ठले अब बालबिज्याइँकर्तालाई यहाँ खाली गरिएको बाल सुधार गृहमा आवस्यक भौतिक तथा व्यवस्थापकिय सुधार गरि छिट्टै स्थानान्तरण गरिने जनाइन् । सो क्रममा मन्त्री श्रेष्ठले कारागारमा रहेका महिला कैदीबन्दी र थुनुवासँग केहीबेर उनीहरूसँग कुरा गर्दै उनीहरूको गुनासा र समस्याबारे जानकारी लिइन् ।

सोही क्रममा मन्त्री श्रेष्ठले उनीहरूको दैनिक खाना, बस्ने व्यवस्था र अन्य सेवा सुविधाबारे चासो राखेको थिइन् । १८ भन्दा माथिका वालविझ्याइकर्तालाई केन्द्रीय कारागार नुवाकोटको खाली व्लकमा र १८ भन्दा कम उमेरका लागि ढुंगेमा रहेको जिल्ला कारागारको खाली भवनमा राख्ने तयारी रहेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।

दुवैतिर गरि करिव पांचसय जना वालविझ्याइकर्तालाई राखिने तयारी छ । मन्त्री श्रेष्ठले कैदीबन्दीको मानव अधिकारको जानकारी लिदै कारागार भित्र हुने हरेक गतिविधि कानूनी र मानव अधिकारका दृष्टिकोणले मर्यादित हुनु पर्नेमा ख्याल गर्न कारागार प्रशासनलाई निर्देशन दिइन् ।

यस्तै, कैदीबन्दीका आफन्तले कारागारमा आफ्ना आफन्त भेट्न आउँदा कारागारसम्म पुग्ने सडकको पूर्वाधार कमजोर भएको अवगत गराउँदैे सडक पूर्वाधार छिट्टै सुधार गरिने प्रतिबद्धता पनि मन्त्री श्रेष्ठले व्यक्त गरिन् । नुवाकोटको दुई स्थानमा स्थापना गरिने बाल सुधार गृहमा बढीमा पांचसय जना वालविझ्याइकर्तालाई सहज तरिकाले राख्न सकिने छ ।

नुवाकोटको केन्द्रीय कारगारको चार वटा ब्लकमा गरि करिव नौसय जना कैदीबन्दी तथा थुनुवा रहेका छन् । मन्त्रि श्रेष्ठका साथमा विदुर नपाका मेयर राजन श्रेष्ठ, निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाइ, केन्द्रीय कारागार नुवाकोटका प्रमुख भेषवहादुर कुवरलगायत सरोकारवालाले केन्द्रीय कारगार र जिल्ला करागारको स्थलगत निरीक्षण गरे ।

अनुगमनका क्रममा मन्त्रि श्रेष्ठ समक्ष विदुर नपाले ढुंगेस्थित खाली रहेको जिल्ला कारगार भवनमा वाल सुधार गृह वनाउन माग गरेको छ । विदुर नपाको मागलाई मन्त्रि श्रेष्ठले सकारात्मक रुपमा लिएको मेयर राजन श्रेष्ठको भनाई छ ।











