बिदुरः सर्वसाधारणको स्वास्थ्य सेवाका लागि नुवाकोटको काल्चेमा स्वास्थ्य शिविर गरिएको छ । स्वास्थ्य शिविरमा वृद्धवृद्धा र महिलाले लाभ लिएका छन् ।

तादी गाउपालिका १ काल्चेस्थित स्वास्थ्य भवनमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । नाक, कान, घाटी र महिलासंग सम्बन्धित रोगहरुको विशेषज्ञ स्वास्थ्यकर्मीहरुले विरामीहरुको उपचार गरेका थिए ।

चिकित्सा सेवा सहितको शिविरमा एकस ५० जना भन्दा बढी सर्वसाधारणले स्वास्थ्य विभिन्न परिक्षण तथा स्वास्थ्य सेवा प्राप्त गरेका छन् । त्यसमध्ये ६० प्रतिशत महिला र वृद्धवृद्धा रहेका थिए ।

शिविरमा चिकित्सकसहित १० जनाको स्वास्थ्य टोलीले विरामीहरुको उपचार गरेको थियो । यसअघि, स्वास्थ्य शिविरको उद्घाटन गर्दै पुर्वमन्त्रि तथा नेकपाका नेता हितवहादुर तामाङले शिविरवाट सदरमुकाम तथा काठमाडौ जान नसक्ने काल्चेका सम्पूर्ण नागरिकहरूलाई सुविधा पुगेको वताए ।

उनले स्वास्थ्य शिविरले समुदायस्तरमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पु¥याएको वताए । उक्त स्वास्थ्य शिविर नेपाली कम्युनिष्ट पार्टी तादी गाउँपालिकाले आयोजना गरेको हो । शिविरमा संयोजक रोशन श्रेष्ठ, तादी गापाका उपाध्यक्षहरू किशोर तिमिल्सिना र सुरज तामाङ, वडाध्यक्षहरू नकुरदोङ तामाङ र आश्विनकुमार पाण्डेलगायतले स्वास्थ्य सेवाको प्रभावकारिताको सम्वन्धमा चर्चा गरेका थिए ।






