बिदुरः जाडोयाममा नुवाकोटको पुर्वी भेगमा रहेको काल्चेमा रहेको दुई विद्यालयका साढे दुर्यसय वढि विद्यार्थीहरुलाई न्यानो पोशाक प्रदान गरिएको छ । यसवाट जाडोमा विद्यार्थीहरु लाभान्वित भएका छन् ।


तादी गाउँपालिका–१ काल्चे स्थित मंगलेश्वरी आधारभूत र कल्पेश्वरी आधारभूत विद्यालयका दुईसय ५५ जना विद्यार्थीहरूलाई एकैपटक न्यानो कपडाका साथै शैक्ष्ँिक सामग्री प्रदान गरिएको हो । विद्यार्थीहरुलाई न्यानो कपडा, शैक्षिक तथा खेलकुद सामग्रीहरु पूर्व मन्त्री तथा निवर्तमान प्रतिनिधि सभा सदस्य हितबहादुर तामाङले हस्तान्तरण गरे ।

उनले शिक्षामा आधुनिकता र सिपमुलक क्षेत्रको दायरा वढाउनु पर्ने वताए । जाडो मौसमका कारण विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै शिक्षाप्रेमी किरण रिजालको पहलमा विद्यार्थीहरूको लागि एक/ एक जोर न्यानो पोशाक र शैक्षिक सामग्रीहरु प्रदान गरिएको हो ।

कार्यक्रममा तादी गाउँपालिकाकी उपाध्यक्ष सन्जु प्याकुरेलश्रेष्ठले विद्यार्थीहरुको स्वास्थ्य सुरक्षा र शैक्षिक निरन्तरतामा सहयोग पु¥याउने उद्देश्यले न्यानो कपडा वितरण गरिएको वताइन् । विद्यार्थीहरुलाई युवा समाजसेवी किरण रिजाल, रोशन श्रेष्ठ, नवराज तामाङ, किशोर तिमिल्सिना, सागर तामाङ, समाजसेवी, जनप्रतिनिधि, शिक्षक तथा अभिभावकहरूको न्यानो पोशाक र शैक्षिक सामग्रीहरु प्रदान गरेका हुन् ।






