बिदुरः स्थानीय एक जना बालकले आफ्नो जन्मदिनको अवसरमा विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई जाडोमा न्यानो कपडा प्रदान गरेका छन् । यसवाट विद्यार्थीहरु निकै खुसी भएका छन् ।


उत्तरगया गाउँपालिका–५ वनुवामा रहेको वाराही आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई वालक श्रृजल श्रेष्ठले आफ्नो २१ औं जन्मदिनमा न्यानो ज्याकेट उपलब्ध गराएका हुन् । उनले २२ जना विद्यार्थीहरुलाई एक/एक थान न्यानो ज्याकेट प्रदान गरेका हुन् ।

विद्यार्थीहरुलाई वालक श्रेष्ठका साथै उनका पिता शिक्षाप्रेमी दिलकृष्ण श्रेष्ठ, विद्यालयका अध्यक्ष कुलप्रसाद भट्ट, प्रधानाध्यापक शारदा आचार्यलगायतले विद्यार्थीहरुलाई एक÷एक थान ज्याकेट हस्तान्तरण गरेका हुन् । उनीहरुले यसवाट जाडोमा विद्यार्थीहरुलाई सुविधा पुगेको वताए ।












