बिदुरः नुवाकोटको पुर्वी भेगमा रहेको पञ्चकन्या गाउँपालिकाले पहिलो पटक वयोवृद्धलाई सम्मानित गरेको छ । गापा कार्यालय लाकुरीभन्ज्याङमा आयोजित कार्यक्रममा सो गापाले पुर्व जनप्रतिनिधिसमेत रहेका एक जना वयोवृद्धलाई सम्मानित गरेको हो ।


पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजवहादुर तामाङ रमेश र उपाध्यक्ष बिमला पाठककेसीले गापाको तर्फवाट पहिलो पटक पन्चकन्या गापा ४ का ९३ वर्षीय जेष्ठ नागरिक द्रोणप्रसाद खतिवडालाई सम्मानित गरेका हुन् । जेष्ठ नागरिक समुदायका प्रेरक र हाम्रो समाजका अनुभव, ज्ञान र प्रेरणाका अमूल्य धरोहर भएका कारण गापाले सम्मान गर्ने कार्य सुरु गरेको गापा अध्यक्ष तामाङले वताए ।

गापा उपाध्यक्ष पाठककेसीले ज्येष्ठ नागरिकहरूको योगदानको कदर गर्दै सम्मानका साथ सभ्य र जिम्मेवार स्थानीय सरकारको पहिचान भएको ठहर गर्दै सम्मानित गरिएको वताइन् । पञ्चकन्या गापाले जेष्ठ नागरिकप्रति सम्मान,माया र संरक्षणलाई सधैं प्राथमिकतामा राख्दै आगामी दिनहरूमा पनि सकारात्मक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।







