बिदुरः नुवाकोटको पुरानो ऐतिहासिक त्रिशूली बजारमा महिला व्यवसायीद्वारा दुध डेरी सन्चालन गरिएको छ । महिलाहरुले पनि व्यवसायमा केहि गर्न सक्छन् भन्ने उद्धेश्यले त्रिशूली बजारमा एक जना महिला व्यवसायीले दुध डेरी सन्चालन गरेकी हुन् ।


बिदुर नगरपालिका १ त्रिशूली सांघु बजारमा महिला व्यवसायी नानु गुरुङले निशा दुध डेरी सन्चालन गरेकी हुन् । उनी नुवाकोट उद्योग वाणिज्य संघकी सदस्यसमेत हुन् ।

गुरुङले सन्चालन गरेको दुध डेरीको संघका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले उद्घाटन गरे । श्रेष्ठले महिलाहरुले गरेको व्यवसाय सफल र पारदर्शी भएको देखिएको कारण समयको माग अनुसार महिला उद्यमी गुरुङले सन्चालन गरेको उक्त दुध डेरीले दुग्धजन्य पदार्थको माग र आवस्यकतालाई पुरा गर्ने वताए ।

गुरुङले तीन लाख रुपैयाको लगानीबाट सन्चालन गरेको दुध डेरीमा दुध, दहि, पनिर, घिउलगायत विभिन्न दुग्धजन्य पदार्थ विक्रिका लागि राखिएको छ । दुध डेरी उद्घाटन कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेती, सामुदायिक संघसंस्थाका प्रतिनिधि, जनप्रतिनिधि, पुर्व जनप्रतिनिधि तथा व्यवसायीहरुको सहभागिता रहेको थियो ।









