बिदुरः बिद्यार्थी खेलाडिहरुको सुविधाका लागि नुवाकोटको बिदुर नगरपालिका भित्र रहेका एक विद्यालयसहितको दुई खेल मैदान स्तरोन्नतीसहित पुर्ननिर्माण गरिएको छ । यसवाट विद्यार्थी खेलाडिहरु निकै उत्साहित भएका छन् ।


विदुर नपा कार्यालयले हेभी इक्युमेन्ट प्रयोग गरेर विदुर नपा १ नर्सरीस्थित इन्द्रायणी आधारभूत विद्यालयमा थप कक्षाकोठा निर्माण र विद्यार्थीलाई खेलमैदान अभाव भएसगैँ खेलमैदानको स्तरोन्नतीसहित अत्यावश्यक रहेको कक्षा कोठाका लागी जग्गा तयार गर्ने निर्माण गर्ने कार्य सम्पन्न भएको छ । कक्षा कोठाका लागी जग्गा तयार गर्ने र खेलमैदानको स्तरोन्नती गर्ने कार्यको निरीक्षण गर्दै विदुर नपाका मेयर राजन श्रेष्ठले गुणस्तरिय र प्रभावकारी कार्य गर्न निर्देशन दिए ।

यस्तै, बिदुर नपाले हेभी ईक्युपमेन्ट (स्काभेक्टर)प्रयोग गरी विदुर नपा– १० स्थित चिन्नेमा खेलमैदान निर्माण र सडक स्तरोन्नति कार्य सम्पन्न गरेको छ । लिखु गाउंपालिका हुदै बिदुर नपा १० चिन्ने जाने बतासे डाडाको सडक उकालो र सांघुरो भई यातायात सन्चालनमा समस्या भएपछि स्थानीयवासीको माग अनुसार मेयर राजन श्रेष्ठको निर्देशनमा सडक विस्तार तथा खेलमैदान निर्माण गर्ने कार्य सम्पन्न भएको विदुर नपा कार्यालयले जनाएको छ ।

यसैगरी, विदुर नपा १ स्थित गुन्द्रेखोलाबाट पाण्डेगाँउसम्म जाने बैकल्पिक सडक मार्गको गत आर्थिक वर्षमा ट्रयाक खोलिएकोमा हाल विदुर नपाले हेभी इक्युमेन्ट प्रयोग गरेर स्तरोन्नतीसहित सडक विस्तार गरेको छ । विस्तारित सडकको अनुगमन निरीक्षण गर्दै मेयर राजन श्रेष्ठले दीर्घकालीन र प्रभावकारी कार्य हुनुपर्नेमा जोड दिए ।













