बिदुरः अदालतवाट दोषी ठहर भएका एक जना युवकलाई नुवाकोटमा प्रहरीले पक्राउ गरेको छ । कैदका लागि युवकलाई कारागार चलान गरिएको छ । जबरजस्ती करणीको घटनापश्चात झुण्डी मरेको आत्महत्या मुद्दाका फरार प्रतिवादी एक जना युवकलाई १३ बर्षपछी पक्राउ गरि अदालतमा वुझाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

जिल्ला अदालतले कैद भुक्तानका लागि युवकलाई कारागार चलान गरेको छ । प्रतिवादी नरेशकुमार जोशीसमेत भएको जबरजस्ती करणी पश्चात झुण्डी मरेको आत्महत्या मुद्दामा पुरानवेदन अदालत पाटनको गत २०७३ साल भदौ ६ गतेको फैसला आदेशले पाचँ बर्ष कैद र दुई लाख रुपैया क्षतिपुर्ती हुने ठहरी फैसला भएकोमा सर्वोच्च अदालतबाट गत २०८१ साल मंसिर १३ गते पुनरावेदन अदालत पाटनको फैसला सदर गरेकोमा फरार रहेका जोशीलाई पक्राउ गरी अदालतमा वुझाईएको प्रहरी निरीक्षक वीरवहादुर वुढाऐरले जानकारी दिए ।

उनका अनुसार घटना गत २०६९ साल माघ १० गते भएकोमा उनी विहीवार पक्राउ परेका हुन् । पुनरावेदन र सर्वोच्चवाट कैदसहित क्षतिपुर्ती हुने ठहरी फैसला भएका बिदुर नगरपालिका १ का ४९ वर्षिय नरेशकुमार जोशी घटनापश्चात फरार भई अन्यन्त्र स्थानमा लुकिछिपी बसोबास गर्दै आईरहेकोमा जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले खोजतलास गर्ने क्रममा विहीवार घरमै लुकिछिपी बसिरहेको अबस्थामा पक्राउ गरी शुक्रवार नुवाकोट जिल्ला अदालतमा बुझाइएकोमा नुवाकोट जिल्ला अदालतको आदेशले तोकिएको कैद भुक्तानको लागि कारागार चलान गरेको प्रहरी निरीक्षक वुढाऐरले वताए ।





