बिदुरः मोटरसाइकलका पारखीहरुका लागि नुवाकोटको व्यस्त ढुंगे बजारमा टिभिएस मोटरसाइकलको एक्सचेन्ज मेला आयोजना गरिएको छ । सुरुवाती पांच दिनमै ग्राहकहरुको आकर्षण वढेको छ ।


पासाङल्हामु मार्गको विदुर–ढुंगेवीचमा रहेको विदुर नगरपालिका १ स्थित ढुंगे मुख्यचोकमा टिभिएसको मोटरसाइकल तथा स्कुटर एक्सचेनज मेलामा पारखीहरुको भीड लागेको छ । टिभिएसका लागि नेपालको एकमात्र आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नुवाकोटको ढुंगेमा पछिल्लो पांच दिनमा स्कुटर र मोटरसाइकल गरी ६० वटा दुईपाङ्ग्रे सवारीसाधन बिक्री गरेको छ ।

यही पौष १३ गतेदेखि ढुङ्गेस्थित मुख्यचोकमा सञ्चालन गरिएको “टिभिएस स्मार्ट एक्सचेन्ज एन्ड फाइनान्स मेला“बाट सुरुवाती पांच दिनमै ६० वटा मोटरसाइकल तथा स्कुटर बिक्री भएको कम्पनीले जनाएको छ । जगदम्बा मोटर्सका बागमती सेल्स मेनेजर देवेन्द्र ढुङ्गानाका अनुसार मेलामा जुनसुकै कम्पनीको पुरानो मोटरसाइकल र स्कुटर ल्याएर ग्राहकले नयाँ टिभिएस बाइक वा स्कुटरसँग साट्न सक्नेछन् ।

ढुङ्गानाका अनुसार ग्राहकले ल्याएको पुरानो मोटरसाइकल र स्कुटरको न्यूनतम ३० हजार रुपैया मूल्याङ्कन आफ्नो दुई पांग्रे साधनमा पाउनेछन् । यसका साथै आठहजार रुपैया सम्मको छुट, नागरिकता र सवारी चालक अनुमतिपत्रको भरमा सरल फाइनान्स सुविधा, विभिन्न उपहार, साधनको उच्च मूल्याङ्कन तथा त्यसमा १० हजार रुपैया थप पाउने व्यवस्था गरिएको छ मेनेजर ढुंगानाको भनाई छ ।

उनका अनुसार इन्जिनमा लाइफटाइम वारेन्टीसमेत उपलब्ध गरिएको छ । बिक्री र जिज्ञासाको अवस्था हेर्दा बढी जसो ग्राहकको आकर्षण टिभिएसको एनटर्क स्कुटरतर्फ पाइएको ढुङ्गानाले बताएका छन् । ढुंगेचोकमा शनिवारसम्म चल्ने एक्सचेन्ज मेला मोटरसाइकल पारखीहरुको आर्षण र रुचि वढेको छ । मेलामा २० थान भन्दा वढि स्कुटर तथा मोटरसाइकल वुकिङ भएका छन् ।





