बिदुरः शिक्षाविद् तथा पुर्व सांसद गणेश पण्डितको नुवाकोटको दुप्चेश्वरंमा पूर्ण कदको शालिक निर्माण गरिएको छ । पशुपतिको पर्यायको रपमा रहेको दुप्चेश्वर धाममा नवनिर्मित शालिकको शनिवार अनावरण गरिएको छ ।


दुप्चेश्वर धाम परिसरमा आयोजित कार्यक्रमकावीच पुर्वमन्त्रि तथा नेकपाका नेता हितवहादुर तामाङले शिक्षाविद्, बामपन्थी नेता तथा पूर्ब सांसद गणेश पण्डितको पुर्णकदको शालिक अनावरण गरे । दुप्चेश्वर गाउंपालिका ६ स्थित दुप्चेश्वर परिसरमा नवनिर्मित शालिकको अनावरण गर्दै तामाङले नुवाकोटको शिक्षा, विकास, पुर्वाधार र संस्कृति सम्वद्र्धनमा पुर्व सांसद पण्डितको विशेष योगदान रहेको वताए ।

उनले स्व. पण्डितको योगदान अहिले पनि मननयोग्य रहेको वताए । पांच फिट अग्लो पुर्ण कदको शालिक संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कुल ९० लाख रुपैयाको लागतमा निर्माण गरिएको हो ।

शालिक अनावरण कार्यक्रममा संविधान सभा सदस्य जगदीश्वरनरसिंह केसी, वागमति प्रदेश सभा सदस्यहरु राधिका तामाङ, रामप्रसाद ढुंगाना, जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रम सिंहठकुरी, दुप्चेश्वर गापाका अध्यक्ष शंकरवहादुर थापा, उपाध्यक्ष माकुरी तामाङ, स्व. पण्डितकी धर्मपत्नी सावित्री पण्डित, तत्कालीन शिखरवेसी गाविसका अध्यक्ष, नेकपा एमालेका नेता तथा स्व. पण्डितका सुपुत्र राजकुमार पण्डित, स्व. पण्डितका भाई कुमार पण्डितलगायतले स्व. गणेश पण्डितको योगदानको स्मरण गरे । स्व. पण्डितको जन्मस्थान तत्कालीन शिखरवेसी गाविस अर्थात् हाल दुप्चेश्वर गापा ७ शिखरवेसी हो ।

दुप्चेश्वर धामको प्रवद्र्धन र सामाजिक विकासमा स्व. पण्डितले गरेको योगदानको कदर गर्दै दुप्चेश्वर धाम परिसरमा उनको पुर्ण कदको शालिक अनावरण गरिएको दुप्चेश्वर गापा अध्यक्ष शंकरवहादुर थापाले वताए । शालिक अनाबरण कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधीहरू, जनप्रतिनिधिहरु, प्रशासनिक क्षेत्रका व्यक्तिहरू, नागरिक समाज, संघ–संस्थाका प्रतिनिधि, वौद्दिक वर्ग, शिक्षक, विद्यार्थी ,महिला र आम जनसमुदायको सहभागिता रहेको थियो ।




















