बिदुरः नुवाकोटको देवीघाटमा पाँचौं राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाइएको छ । वृद्ध वृद्धाहरु समाजका अगुवा भएको कारण उनीहरु जीवनको मार्गदर्शक भएको जनाइएको छ ।


विदुर नगरपालिका ५ स्थित देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानद्वारा “हाम्रो साझा अभियानः जेष्ठ नागरिकप्रति श्रद्धा र सम्मान“भन्ने नाराका साथ पाँचौं राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाइएको हो । दिवसमा वृद्धवृद्धाहरुलाई सम्मानसमेत गरिएको छ ।

कार्यक्रमको बिदुर नपा ५ का वडाध्यक्ष लीलानाथ न्यौपानेले उद्घाटन गरेका हुन् । कार्यक्रममा वृद्ध बुवाआमाहरूलाई सम्मान गर्नुका साथै दानवीरदाता बाबुराम शर्माअधिकारी, डम्बरकुमारी भट्ट, भद्रमाया न्यौपानेलगायत वृद्ध बामाहरूलाई सम्मान गरिएको छ ।

प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपाल, वडाध्यक्ष लीलानाथ न्यौपाने, प्रतिष्ठानका कार्यसमिति सदस्यहरू, सल्लाहकार समितिका सदस्यहरूले वृद्ध वृद्धाहरुलाई सम्मानित गरेका हुन् ।











