बिदुरः शिक्षकहरुलाई विद्यार्थीको मनोसामजिक अवस्थालाई पहिचानका लागि नुवाकोटमा शिक्षकहरुलाई मनोसामाजिक परामर्श तालिम प्रदान गरिएको छ । शिक्षाकोे सम्वद्र्धनमा यस प्रशिक्षण उपयोगी रहेको ठहर गरिएको छ ।


नुवाकोटको विभिन्न स्थानमा सन्चालित शिक्षा छात्रवृत्ति तथा जिविकोपार्जन परियोजना अन्तर्गत, तादी र दुप्चेश्वर गाउँपालिकाका सामुदयिक विद्यालयका शिक्षकहरुको सहभागितामा उक्त तालिम सम्पन्न भएको हो । रुडेक नेपालद्वारा एससीएआइ.अष्ट्रेलियाको आर्थिक तथा प्राविधिक सहयोगमा सन्चालित तलिममा तादीका १३ वटा विद्यालय तथा दुप्चेश्वर गापाका ६ वटा विद्यालयका गरी १९ जना शिक्षकहरुले सहभागीता जनाएका थिए ।

तालिमको दुप्चेश्वर गापाका अध्यक्ष शंकरवहादुर थापाले समापन गरे । उनले शैक्षिक प्रवद्र्धनका लागि यस प्रकारको प्रशिक्षण उपयोगी भएको वताए । कार्यक्रममा एससीएआइ.–अष्ट्रेलियाका कन्ट्री डाइरेक्टर, राजकुमार लामातामाङ, आयोजक रुडेक नेपालका अध्यक्ष मीनकुमार केसी, दुप्चेश्वर गापाका भुपेन्द्र केसीलगायतले शिक्षा र मनोसामाजिक अवस्थाको वारेमा चर्चा गरेका थिए ।

उक्त तालिमले शिक्षकहरुलाई विद्यार्थीको मनोसामजिक अवस्थालाई बुझ्न र आवश्यक परामर्श गर्नका लागि सिप प्रदान गरिएको अपेक्षा गरिएको आयोजकले जनाएको छ । पछिल्लो अवस्थामा यस प्रशिक्षणको विस्तार आवस्यक रहेको जनाइएको छ ।







