बिदुरः नुवाकोटको पुर्वी भेगमा रहेको पन्चकन्याका विपन्न परिवारलाई प्राकृतिक खेतिका लागि कृषि उपकरणहरु प्रदान गरिएको छ । चार गाउंका विपन्न विद्यार्थीका परिवारलाई विभिन्न कृषि सामग्रीहरु हस्तान्तरण गरिएको हो ।


पञ्चकन्या गापामा संचालित एकिकृत सामुदायिक परियोजना अन्र्तगत पञ्चकन्या गापा ४ आरुखर्क, थापाटोल, बरुटोल र स्याङतनटोलका २५ जना विद्यार्थीका अभिभाबकहरुलाई प्राकृतिक खेती पद्धतीबाट तरकारी खेतीका लागि विभिन्न सामग्रीहरु हस्तान्तरण गरिएको हो । छात्रबृत्ति कार्यक्रममा आबद्ध विद्यार्थीका अभिभावकहरुको जिविकोपार्जनका लागि तरकारी खे ितगर्न टनेल प्लास्टिक, स्प्रे मेशिन, क्रेट, तरकारीका बिउ बिजन, सिचाई पाइप, सिकेचर, पहेलो स्टिकर र अन्य उपकरण हस्तान्तरण गरिएको हो ।

रुडेक नेपालको ब्यबस्थापन तथा पञ्चकन्या गापाको समन्यवमा गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक सहयोग प्राप्त ति उपकरणहरु पञ्चकन्या गापाकी उपाध्यक्ष बिमला पाठककेसीले हस्तान्तरण गरिन् । उक्त सामग्रीहरुवाट विद्यार्थीका अभिभावकहरुले तरकारी खेति गरि आयआर्जन र स्वरोजगारमा क्रियाशील भएको रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीको भनाई छ ।












