बिदुरः विद्यार्थीहरुलाई शिक्षाप्रति जागरुक गराउने उद्धेश्यले नुवाकोटको तीन विद्यालयका विद्यार्थीहरुलाई झोलासहितको शैक्षिक सामग्रीहरु प्रदान गरिएको छ । यसवाट विद्यार्थीहरु अध्ययनप्रति निकै उत्साहित भएका छन् ।


कृष्णप्रसाद पनेरू स्मृति प्रतिष्ठानको पहलमा नुवाकोटको विदुर नगरपालिका ५ मा रहेको चन्द्रज्योति मावि, च्वाडी पव्लिक मावि र शहिद जगतप्रकाश जंग शाह संस्कृत माविका विद्यार्थीहरुलाई एक/एक थान झोलासहितको स्टेशनरी सामग्री प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष बिष्णुप्रसाद पनेरूले जानकारी दिए । उनका अनुसार गरिव तथा जेहेन्दार विपन्न समुदायका छनौट गरि ५० जना विद्यार्थीहरुलाई कार्यक्रमकावीच विहीवार झोलासहितको शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा दाता मलेसियन नागरिक जि भेलु, प्रसिद्ध श्याम बाबा, एभरेस्ट कलेजका प्रमुखसमेत रहेका प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद पनेरु, विद्यालयका अध्यक्ष छत्रराज डङ्गोल, प्रधानाध्यापक वासुदेव पनेरु, विदुर ५ का वडाध्यक्ष लीलानाथ न्यौपानेलगायतले विद्यार्थीहरुलाई झोलासहितको शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गरेका हुन् । आफुले शैक्षिक तथा सामाजिक सहयोगलाई निरन्तरता दिने शैक्षिक सामग्री दाता मलेसियन नागरिक जि भेलुले वताए ।













