बिदुरः नुवाकोटको वाघखोरमा न्यायिक निरुपणमा प्रभावकारिताको आवस्यकता रहेको एक कार्यक्रममा ठहर गरिएको छ । बेलकोटगढी नगरपालिकामा न्यायिक निरुपणसम्बन्धि सरोकारवालावीच क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको हो ।


नुवाकोटको बेलकोटगढी नगरपालिका न्यायिक समितिको आयोजनामा नुवाकोटका विभिन्न स्थानीय तहका न्यायिक समिति, सरोकारवाला तथा कर्मचारीबीच शुक्रवार अन्र्तक्रियासहित अनुभव आदान–प्रदान र न्यायिक निरुपणसम्बन्धि क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमको उद्घाटन गर्दै बेलकोटगढी नपाका मेयर जगतबहादुर गुरुङले स्थानीयस्तरका समस्या समाधानका लागि न्यायिक समिति क्रियाशील रहेको वताए ।

कानुनमा वाधा नपर्ने सानातिना समस्याहरु स्थानीयस्रतै निर्धक्कसंग समाधान हुने गरेको उनले वताए । कार्यक्रममा जिल्ला अदालत नुवाकोटका न्यायाधीश कोमलप्रसाद आचार्यले न्यायिक निरुपणमा विद्यमान कानुनका सम्वन्धमा जानकारी गराएका थिए ।

सोही कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे, प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी, वेलकोटगढी नपाका उपमेयर शिवप्रसाद दाहाल, विदुर नपाकी उपमेयर प्रभा बोगटी, किस्पाङ गापाका उपाध्यक्ष अर्जुनप्रसाद न्यौपाने, लिखु गापाकी सुभद्रा अधिकारी उप्रेती, पञ्चकन्या गापाकी उपाध्यक्ष बिमला पाठककेसी, तादी गापाकी उपाध्यक्ष सञ्जु प्याकुरेलश्रेष्ठ, शिवपुरी गापाका उपाध्यक्ष वीरबहादुर तामाङ, दुप्चेश्वर गापाकी उपाध्यक्ष माकुरी तामाङलगायतले न्यायिक सचेतना र प्रभावकारिताका सम्वन्धमा आआफ्नो धारणा राखेका थिए ।

सोही कार्यक्रममा बेलकोटगढी नपाका प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद घिमिरेसहित विभिन्न पालिकामा कार्यरत न्यायिक सहजकर्ता, मेलमिलापकर्ता तथा समवन्धित कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा न्यायिक समितिमार्फत भएका कार्यहरूबारे छलफल, अनुभव आदानप्रदान तथा क्षमता र दक्षता अभिवृद्धिका सम्बन्धमा विस्तृत छलफल गरिएको थियो ।












