बिदुरः आधुनिक शिक्षाको प्रभावकारितामा जा्ेड दिदै नुवाकोटको माझिटारमा शिक्षक, विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा आधुनिक, प्रविधिमैत्री र व्यवहारिक शिक्षा अवको आवस्यकता भएको निष्कर्श निकालिएको छ । विदुर नगरपालिका ५ वडा कार्यालयले आफ्नो वडा भित्र सञ्चालित विद्यालयहरुबाट गत शैक्षिक सत्रमा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी, प्रधानाध्यापक र विषयगत शिक्षकहरुलाई सम्मानसहित पुरस्कृत गरेको हो ।


नगद रुपैयासहित पुरस्कृत गरिएको हो । शिक्षक तथा विद्यार्थीलाई पुरस्कृत गर्दै विदुर नपाका मेयर राजन श्रेष्ठले बिदुर नपाले शिक्षाका परिवर्तन र प्रविधिमैत्री गर्न सुरु गरेको वताए । उनले गुणात्मक र प्रभावकारी शिक्षावाटै विद्यार्थीहरु सफल हुने वताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटकी सदस्य सन्तोषी देवकोटा, विदुर नपाका प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल, वडाध्यक्ष लीलानाथ न्यौपाने, वडा सचिव शिवहरि गजुरेललगायतले शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गरेका थिए । कार्यक्रममा एसइइमा ए प्लस ल्याउने ६ जना विद्यार्थीलाई जनही १० हजार रुपैयाँ, ए ल्याउने ३१ जना विद्यार्थीलाई जनही ३ हजार रुपैयाँ नगद र दोसल्ला ओढाई सम्मानित गरिएको छ ।

उत्कृष्ट विद्यालयको रुपमा शहिद जगतप्रकाशजंग शाह संस्कृति माविका प्रधानाध्यापक मञ्जु चित्रकारलाई नौ हजार रुपैयाँ पुरस्कारसहित सम्मानित गरिएको छ । यस्तै, विषयगत उत्कृष्ट शिक्षक अन्तर्गत अंग्रेजी विषयका शिक्षक मणिराज केरुङ र शिक्षाशास्त्र विषयकी कविता डंगोललाई जनही २ हजार ५ सय रुपैयाँ पुरस्कारसहित सम्मानित गरिएको छ ।

कार्यक्रममा विदुर ५ का वडाध्यक्ष लीलानाथ न्यौपानेले शिक्षा क्षेत्रको सुधार र विद्यार्थीको भविष्य उज्यालो बनाउने कार्यमा वडाले विशेष कार्य सुरु गरेको वताउंदै विद्यार्थी तथा शिक्षकलाई उत्प्रेरणा दिने विश्वास व्यक्त गरे । जिसस सदस्य सन्तोष देवकोटाले शिक्षाको विकास र स्तर परिवर्तनमा सवै निकाय क्रियाशील हुनुपर्ने वताइन् ।

उक्त पुरस्कार तथा सम्मानले शिक्षक तथा विद्यार्थीहरूलाई अझ मेहनत गर्न प्रेरणा दिएको छ भने शिक्षक र विद्यालय परिवारलाई आफ्नो जिम्मेवारीप्रति अझ समर्पित बनाएको महसुस भएको वडासचिव शिवहरि गजुरेलको भनाई छ । गुणस्तरीय शिक्षातर्फको यात्रामा प्रेरणाको रूपमा लिइएको पुरस्कृत तथा सम्मानितहरुले वताएका छन् ।













